तनहूँ उद्योग बाणिज्य संघद्वारा व्यापारी परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संघका सधारण सदस्य तथा थर्पु बजार इकाई समितिका कार्य समिति सदस्य स्वर्गीय यज्ञ नारायण श्रेष्ठ र संघका साधारण सदस्य स्वर्गीय राजन कायस्थ परिवारलाई आर्थिक सहयोग गरेको हो । संघको तर्फबाट संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले उहाँकी धर्मपत्नी क्रमश देबि माया श्रेष्ठ र गोमा कायस्थलाई ब्यबसायी भलाई कोष अन्तर्गत जनही रु १लाख २५ हजार रुपैया सहयोग रकम हस्तान्तरण गर्नुभयो । उक्त अवसर अध्यक्ष श्रेष्ठले व्यापारीको हकहितका लागि आफु सधै लागि पर्ने बताउनुभएको थियोे ।








