तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँबाट विभिन्न मिति र समयमा अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने १० वटा सवारी साधनहरु नियन्त्रणमा लिएको छ ।
साउन ११ गते बिहान ४ बजेको समयमा जिल्ला तनहूँ जिल्लाको आबुँखैरेनी गाउँपालिका वडा नं २ स्थित मर्स्याङदी नदीको नारीघाटमा अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्दै गरेको अवस्थामा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नं को ट्याक्टरहरु र साउन १५ गते बिहान करिब ३ बजेको समयमा आबुँखैरेनी गाउँपालिका कै वडा नं १ सत्रसय स्थित मर्स्याङदी नदी घाटमा स्काभेटर र डोजर प्रयोग गरी अवैध रुपमा नदिजन्य पदार्थ बालुवा उत्खनन गरी रहेको अवस्थामा लेखेको चेनवाला स्काभेटर, प्र.३०।१।००३ क ७०९१ नंको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नं.को टिपरहरुलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आबुखैरेनी गाउँपालिकाको कार्यालय तनहूँमा पठाएकोमा उक्त कार्यालयबाट ग १ त ४४०२ नं. को ट्याक्टरलाई रु १५ हजार, ग १ त ४६२३ को ट्याक्टर, प्र.३।०१।००३ क ७०९१ नं. को डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नं को टिप्परहरु गरी जम्मा ४ सवारी साधनहरुलाई प्रति सवारी साधन २० हजार का दरले जम्मा रु. ८० हजार, ना ६ त ५८५१, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नं. को ट्याक्टरहरुलाई प्रतिट्याक्टर रु १२ हजार का दरले जम्मा रु. ४८m हजार र चेनवाला स्काभेटरलाई ३० हजार गरी जम्मा रु. १लाख ७३ हजार जरिवाना भएको सम्बन्धित गाउँपालिकाबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डिएसपि युवराज तिमल्सेनाले बताउनुभएको छ ।








