लायन्स क्लब अफ तनहूँ म्याग्देको रक्तदान कार्यक्रमका १५९ पिन्ट रगत संकलन

  • ख-
  • ख+

तनहूँ । लायन्स क्लब अफ तनहूँ म्याग्देको आयोजनामा म्याग्देको धँयेरेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान नै जिबन दानको नारा संगै शुरु भएको लायन्स क्लब अफ तनहूँको म्याग्देको अनुकरणीय कामको अध्यक्ष सुरेन्द्र अधिकारी ज्यूको अध्यक्षतामा भएको थियो । उक्त रक्तदान कार्यक्रममा म्याग्दे गाउँपालिकाकी प्रमुख माया राना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको बिशेष अतिथिमा म्याग्दे गाउँपालिकाका उपप्रमुख बाल कृष्ण घिमिरे, अतिथिहरुमा बडा नम्बर ३ अध्यक्ष बहादुर थापा, लायन्स क्लब अफ तनहूँ म्याग्दे संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ , श्री बहादुर थापा, विभिन्न संघसंस्थाहरुका प्रतिनिधि तथा लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले लायन्स क्लब अफ तनहूँ म्याग्देको कामको प्रशंसा गर्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
कार्याक्रममा १५९ जनाले रक्तदान गरेर १५९ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ तनहूँ म्याग्देका शिक्षा निर्देशक, लायन्स, पोष्ट मान श्रेष्ठले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?