ऋषिगंमा बाढि पहिरोले पुर्याएको क्षतिको जानकारी लिदै मुख्य मन्त्री पोखरेल

  • ख-
  • ख+

तनहूँ । केहि समय अगाडि परेको अविरल बर्षा र त्यस्ले पुर्याएको क्षतिको जानकारी दिन जनप्रतिनिधिहरु पोखरा पुग्नुभएको छ ।

गण्डकी प्रदेश सभाकी सदस्य माननिय सरिता गुरुगं, संविधान सभा सदस्य माननीय झुल बहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतका अन्य प्रतिनिधिहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखेरेललाई भेटी ऋषिगंमा बाढि पहिरोले अकल्पनिय क्षति पुर्याएको बारेमा जानकारी दिनुभयो । उक्तअवसरमा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बाढि पहिरोले यस गाउँपालिकामा धेरै नै क्षति पुर्याएको, सडक संजालहरु अस्तव्यस्त भएकोले प्रदेश सरकारबाट सहयोगको आशा गरेको भनाई व्यक्त गर्नुभएको थियो । भेटघाट कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखेरेलले आफु अर्को हप्ता ऋषिगंमा बाढि पहिरोले पुर्याएको क्षतिको निरिक्षणको लागि आउने र प्रदेश सरकारले सक्दो सहयोग गर्ने जानकारी दिनुभएको थियो ।


लामो समयसम्म भएको बर्षाले तनहूँ जिल्ला अन्य पालिकाहरुमा धनजनको क्षति गरेको छ भने ऋषिगं गाउँपालिकामा पनि करोडौंको क्षति पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?