तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले पछिल्लो समय गाँजाका बोट फडानी क्रमलाई तिब्रता दिएको छ । पछिल्लो केहिदिन प्रहरीले तनहूँ जिल्लाका विभिन्न स्थानमा गरी करिब ३५ रोपनी जग्गामा उम्रिएको प्राकृतिक गाँजाका करिव ३,०८० बोट फडानी गरी नष्ट गरेको छ ।
टोलीले साउन १८ गते म्याग्दे गाउँपालिका वडा नंं ७ हर्षपुर, डाँडागाउँ प्रहरी चौकी थर्पु तनहूँको आयोजनामा र ज्योती युवा क्लव हर्षपुरको सहयोगमा गरी करिब करिब ३ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३४० बोटहरु फडानी गरी आगो लगाई नष्ट गरेको छ।
साउन १८ गते नै भानु नगरपालिका वडा नं. ११ खाल्टे रुपाकोट स्थित प्राकृतिक रुपमा उम्रिएका लागु औषध गाँजाका करिब ६०० बोटहरु तत्काल उपस्थित जनप्रतिनिधी एवं स्थानिय व्यक्तीहरुको सहयोगमा प्रहरी चौकी रुपाकोट तनहूँबाट खटिएको प्रहरी टोलीले फडानी गरी आगो लगाई नष्ट गरेको छ ।
च्यसैगरि भिमाद नगरपालिका वडा नं. ७ राजढुङ्गा स्थितमा स्थानिय व्यक्तीहरुको करिब २ रोपनी पाखो बारीमा प्राकृतिक रुपमा उम्रिएका करिब १४० गाँजाका बोटहरु स्थानिय जनप्रतिनिधी लगायत संयुक्त आयोजनामा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
साउन १८ गते नै प्रहरीले घिरिङ गाउँपालिका वडा नं. १ अमराईटोल स्थानहरुमा गरी करिब करिब ३ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब ३५० बोटहरु उपस्थित जनप्रतिनिधी तथा स्थानिय व्यक्तीहरु समेतको सहयोगमा उक्त गाँजाका बोटहरु फडानी गरी आगो लगाई नष्ट गरिएको पनि जनाईएको छ ।
त्यसैगरि व्यास नगरपालिका वडा नं. १० कुचेटार स्थितमा रहेको ३ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएका करिब २५० वटा गाँजाको बोटहरु तत्काल उपस्थित जनप्रतिनिधी एवं स्थानिय व्यक्तीहरुको सहयोगमा प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरी टोलीले फडानी गरी आगो लगाई नष्ट गरको छ ।
साउन १९ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ स्थित सिल्थोक, बरालथोक, तीनधारा,भैसेखार र चेन्चामा उम्रिएको प्राकृतिक गाँजाका करिव १४०० बोट फडानी गरी नष्ट गरेको हो ।
प्रहरी टोलीले स्थानीय भद्र भलादमी, वुद्धिजिवीसँग आवश्यक समन्वय र सहकार्य गरी समुदाय – प्रहरी साझेदारी अवधारणा अनुरुप गाँजा फँडानी गरी नष्ट गर्नुको साथै लागुऔषध, गाँजा, कोकीन लगायतका नसालु पदार्थ सेवनले मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरका सम्बन्धमा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताउनुभएको छ ।








