तनहूँ । भानु नगरपालिका वडा नं. १ साजवोटेमा रहेको सिजन युवा क्लब र शान्ती आमा समुहको सक्रियतामा एम्बुलेन्स संचालन आएको छ । २०७६ साल असार १८ गतेबाट २५ गतेसम्म एम्बुलेन्स खरिदको सहयोगार्थ लागि उक्त क्षेत्रमा महायज्ञ संचालन गरिएको थियो । उक्त महायज्ञमा सबैभन्दा बढि रकम १ लाख ५५ हजार दान गर्ने दानविर बन्दिपुर १ डुम्रे निवासी ईश्वर कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आईतबार एम्बुलेन्स हस्तान्तरण तथा उद्घाटन कार्यक्रमको आयोजना गरियो ।
क्लबका अध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुमा क्लबका संरक्षक एवं तनहूँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, भानु नगरपालिका वडा नं १ का अध्यक्ष प्रेम बहादुर लामा, क्लवका संस्थापक अध्यक्ष विवेक श्रेष्ठ, शान्ती आमा समुहकी संस्थापक अध्यक्ष सुनिता श्रेष्ठ, लक्ष्मी अस्पताल डुम्रेका संचालक केशव अधिकारी, तनहूँ उद्योग बाणिज्य संघ डुम्रे बजार ईकाईका निवर्तमान अध्यक्ष नेक महम्मद मियाँ, डुम्रे साँस्कृतिक क्लबका अध्यक्ष कैलाश श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा क्लबका संरक्षक एवं तनहूँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठले क्लब र शान्ती आमा समुहको कामको सर्हाना गर्दै एम्बुलेन्स ल्याउनुमात्र ठुलो कुरो नभएकोले यस्लाई राम्रो सग संचालन गर्न चुनौति रहेको बताउनुभएको थियो । त्यसैगरि कार्यक्रमका बिशेष अतिथि वडा अध्यक्ष प्रेम बहादुर लामाले यस क्षेत्रमा संस्थागत एम्बुलेन्स सेवा नभएको कारणले निजी एम्बुलेन्सहरुले राम्रो सेवा नदिएको गुासो आईरहदा क्लब र महिला समुहले संचालन गरेको एम्बुलेन्स सेवाले राम्रो प्रभाव पार्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले क्लब तथा आमा समुहलाई शुभकामना दिदै ईमान्दारिताका साथ सबैलाई सेवा पुर्याउन आग्रह गर्नुभएको थियो ।
महायज्ञबाट संकलित रकम ७ लाख ८५ हजार र ऋण गरेर एम्बुलेन्स ल्याईएको र अझै ८ लाख ५० हजार ऋण तिर्न बाँकि रहेकोले उक्त अवसरमा बताईएको थियो । क्बलका सचिव राजन न्यौपानेले संचालन गरेको कार्यक्रममा शान्ती आमा समुहकी अध्यक्ष ज्ञानु श्रेष्ठ स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष कृष्ण बहादुर पौडेलले बिशेष गरेर भानु नगरपालिका, बन्दिपुर गाउँपालिकालाई छिटो, छरितो र बिश्वशनिय सेवा प्रदान गरि एम्बुलेन्स संचालनमा ल्याईने बताउनुभएको थियो ।
उक्त अवसरमा तनहूँ जिल्ला क्षेत्र नंं १ का माननिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले उक्त एम्बुलेन्स खरिद गर्नको लागि आफ्नो एक महिनाको तलब ५१ हजार ५ रुपियाको चेक कैलाश श्रेष्ठ मार्फत क्लबका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो ।













