बिकास योजना छनोट गर्ने समय मंसिर ५ सम्म मात्र

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला क्षेत्र नं. १ का माननिय सांसद कृष्णकुमार श्रेष्ठ किसानको अध्यक्षतामा स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमको पहिलो बैठक दमौलीमा सम्पन्न भएको छ । उक्त बैठकमा माननीय सांसद कलिला खातुन, माननीय सांसद भगवती न्यौपाने, माननीय सांसदप्रकाश पन्थ तथा तनहूँ जिल्लाका स्थानीय निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । उक्त बैठकको अध्यक्षता गर्नुुभएका सांसद श्रेष्ठले जिल्लाको बिकासको लागि यस्ता बैठक लाभदायक हुने बिचार व्यक्त थियो । बैठकमा विकास निर्माणका सवालमा अबका योजनाहरुको बारे कसरी बढाउने भन्ने बारे पनि छलफल भएको थियो । बैठकले मंसिरको ५ गतेसम्म स्थानीय तहले जिल्ला समन्वयलाई योजनाहरु छनोट गरेर दिने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्