व्यासमा कांग्रेस छोड्ने लहर

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरिनेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । केहि समय अगाडि व्यास नगरपालिका वडा नंं १० का ४०, ४५ जना नेपाली कांग्रेसमा आवद्ध युवाहरु नेकपा प्रवेश गरेसगै अन्य यवा तथा बुद्धिजीवीहरु नेकपा प्रवेश गर्ने लहरै चलेको छ । त्यसैक्रममा कार्तिक २६ गतेका दिन व्यास नगरपालिका वडा नं. १ गल्बुवेसिका कृष्ण भट्ट , भरत बहादुर बस्नेत र गिर बहादुर आलेको नेतृत्वमा ११९ जना समाजसेवी, बुद्धिजीवी तथा युवाहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको छ ।
पार्टी प्रवेश गर्नेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ (पिएल), माननीय सांसद कृष्ण कुमार श्रेष्ठ र माननीय सांसद कलिला खानले टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
व्यास नगरपालिका वडा नम्बर १ कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वडा नम्बर १ का अध्यक्ष ज्ञानेन्द्र बसौलाको अध्यक्षयतामा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, बिशिष्ट अतिथि माननीय सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) , माननीय सांसद कलिला खान र व्यास नगरपालिका वडा नंं ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा जिल्ला सचिवालय सदस्य राजेश्वर ढकाल, नेकपा व्यास नगरका संयोजक श्रीराम कार्की, मुस्लिम संगठन नेपालको केन्द्रिय सदस्य मुन्नी खातुन र नेकपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य पिएल् श्रेष्ठले कम्युनिष्टहरुप्रतिको मोहले गर्दा जन्मजात कांग्रेस भएको भट्ट परिवार र अन्य साथीभाईलाई स्वागत गर्न पाउदा खुशी लागेको बताउनुभएको थियो । उक्त कार्यक्रमका बिशेष अतिथि माननिय सांसद कृष्णकुमार श्रेष्ठले व्यास नगरमा नेपाली कांग्रेसको थिचोमिचो र कसैले काखा कसैलाई पाखा गरेको कारण पनि आफ्नो पार्टीमा सबैको आर्कषण बढेको र नेकपाले थिचोमिचोमा परेका सबैलाई साथ दिने बताउनुभएको थियो ।

(तस्विर मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्