कांग्रेसको बाटो खुमबहादुर पथ

  • ख-
  • ख+

तपाईले Google मा नेपाली कांग्रेस टाईप गरेर Search गर्नुभयो भने देखाउछ
राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि सात दशकदेखि निरन्तर समर्पित नेपाली कांग्रेस
गौरवमय इतिहास,
जिम्मेवार वर्तमान

उज्यालो भविष्य।

कुनै शंका छैन नेपाली कांग्रेसले देशको लागि योगदान दिएको छ तर नेपाली कांग्रेसले भन्ने गरेको राष्ट्रियता कस्तो राष्ट्रियता हो जो हरपल दक्षिणतिर ढलपल भईरहन्छ । विदेशीहरुको ईशारामा यहाँका नदिनालाहरुका असमान सन्धि सम्झौताहरु गरिए, एकदलिय तानाशाह राजा महेन्द्र स्थापना गरिएका कलकारखानाहरु कौडिको भाउमा विदेशीको ईशारामा व्यापारीलाई बिक्री गरेर बन्द गराईए त्यहि हो नेपाली कांग्रेसको राष्ट्रियता ? अर्को छ आर्कषक नारा छ लोकतन्त्र । लोकतन्त्र कस्को लागि ? केवल संघियता पछि गाँउदेखि, प्रदेशसम्म प्रदेशदेखि राजधानीसम्म बनेको जम्बो जनप्रतिनिधिहरुको लागि ? एउटा राजा फालेर टोल टोलमा राजा जन्माउनका लागि ? समाजवाद भैगो कुरै नगरौ आज विपी भएको भए पानी पानी हुनुहुन्थ्यो होला । समाजवादको उपयोग सिमित नेता तिनका आसेपासेहरुको लागि त होला ? जनताले पनि समाजवादको फल चाख्न पाउन् भनेर नेपाली कांग्रेस लागेको भए त आज सबैको काठमाण्डौमा महल ठडिन्थ्यो होला नि किन नेताहरुको मात्र महल ठडिन्थ्यो होला र ? जनताका छोराछोरी पनि सजिलै युरोप र अमेरिकातिर घुम्थे होलान् किन अरवमा रगत बगाउनु पथ्र्यो र ? शिवहरि कंगालहरु नामले मात्र कंगाल भएका हैनन् कांग्रेसले समाजवाद लागु नगर्दा कंगाल भएका हुन् यो कुरा कहि कतै छिपेको छैन । नेपाल किन बिग्रीयो भनेर कसैले सोध्यो भने छाति फुकाएर भन्न सकिन्छ तमाम परिवर्तनको लागि अग्रपंक्तिमा बसेर योगदान दिएको कांग्रेसले आफ्नो सिद्धान्तको सहि पालना नगर्दा देशै बिग्रीयो । तमाम अवगुणका वावजुद नेपाली कांग्रेसले यो देशको लागि तिर्न नसक्ने गुण लगाएको छ जुन कुरालाई नेपाली जनताले पटक पटक चुनावमा चुकाईरहेका छन् तर जनताको मुल्यांकनमा खरो उत्रिन सकेको छैन नेपाली कांग्रेस । अलि चम्कन्छ कि नेपाली कांग्रेसको धार भन्दाभन्दै झन् नेपाली कांग्रेस अधोगतिको धरातलमा फस्दै गईरहेको छ । कृष्णप्रसाद कोईरालाको भ्रुण नेपाली कांग्रेस शेरबहादुर देउवासम्म आईपुग्दा भनिने सिद्धान्तमा बाहेक कुनै मामिलामा विपीको नेपाली कांग्रेस रहेको छैन । न आकारमा न वर्तमानको सोचाईमा न काम गराईमा न भविष्यको सोचाईमा ।
कोरोनाको महामारीले यो भन्दा ठुलो बिकराल रुप लिएन भने केहि समय पश्चात नेपाली कांग्रेसको महाधिवेशन हुने पक्का छ त्यो महाधिवेशनमा विजयी हुनको लागि अहिल्यैदेखि उमेदवारी घोषणा भईरहेको छ । आफ्नो उमेदवारी केका लागि ? उमेदवारी दिने कसैले पनि प्रष्ट बताउन सकेका छैनन् । दुनियालाई भुलाउनको लागि मेरो उमेदवारीको कारण यो भनेर अनेक फुलबुट्टे कुरा सुनाएपनि हिजो पार्टीको तर्फबाट जनप्रतिनिधि हुदा, केन्द्रिय सदस्य हुदा वा पार्टीको अन्य पदमा रहदा वहाँले देशको लागि, पार्टी सदृढिकरणको लागि, पार्टी र कार्यकर्ताको हितको लागि के कस्ता कार्यहरु गर्नुभयो त्यस्को मुल्यांकन अनि बल्ल पो उमेदवारी ।
नेपालका अधिकांश नेताहरुको जस्तै नेपाली कांग्रेसका नेताहरुमा पनि काम कुरो एकातिर कुम्ला बोकि ठिमीतिर भन्ने प्रवृत्ति अति नै हावी भएको पाईन्छ । यहाँ कसैलाई गरिब नेपालीको पक्षमा सोच्न फुसैद छैन, यहाँ कसैलाई कम्युनिष्टको थिचोमिचोमा परेका कार्यकर्तालाई बचाउने फुर्सद नै छैन तर यहाँ पदको लागि र काठमाण्डौमा घरघडेरी थुपार्नको मरिहत्ते गर्नेहरुको भिड थुप्रै छ । यहाँ जनताको मन जितेर, कार्यकर्ताको मन जितेर पार्टीमा पकड जमाउन खोज्ने भन्दा एम्बेसीतिर धाएर गुट बनाएर पार्टीमा पकड जमाउन खोज्नेहरु थुप्रै भेटिन्छन् । यहाँ अरुको योगदानको मुल्यांकन नगरिकन आफ्नो बढाई चढाई गर्नेहरु नै धेरै छन् । यस्तोमा शेरबहादुर देउवादेखि रामचन्द्र पौडेल, अहिले चर्चामा आईरहेको बिमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोईराला र आफुलाई सधै चर्चाको शिखरमा राख्न सफल गगन थापासम्मलाई नियाल्दा खासै यी व्यक्तिहरुले नेपाली कांग्रेसलाई राम्रैसग पार लगाउलान् भन्ने आशा र विश्वास कार्यकर्ताहरु एकदमै थोरै देखिन्छ किनकी राष्ट्रियता, लोकतन्त्र र समाजवादका कुरा यी टोलीले आफ्नो बिकासको लागि मात्र भन्ने गरेका छन् । वहाँहरु सत्ता र पार्टीको पदमा हुदा पनि २००७ सालदेखि कांग्रेसको उत्थानको लागि लडेका, भिडेका कार्यकर्ताहरुको खासै उत्थान भएको छैन जति वहाँहरुको आसेपासेहरुको भएको छ ।
अरु अप्सन त छैन त्यसैले आशा जिवितै छ तर एक्काईशौ शताव्दिको शुरुवातसगै नेपाली कांग्रेसका खड्को पनि झन् झन् बढिरहेको छ । मेरा हजुरबा कांग्रेस हुनुहुन्थ्यो त्यसैले म पनि कांग्रेस भन्ने पुस्ता कि त युरोप र अमेरिकातिर भाँसिएको छ कि तिमीहरु सरकारमा हुदा पनि जागिर लाईदिएका थियौ र ? भनेर अरव या मलेसिया हानिएको छ यस्तो अवस्थामा नेपाली कांग्रेस आफै सिद्धान्त भुलेर गुट उपगुटको स्वार्थको लागि लडिरहेको छ । नेपालीहरुको राजनितिप्रति बढ्दो वितृष्णा र आपसी वैमन्यसताले सरकारमा रहेका कम्युनिष्टहरुलाई त सखाप पार्छ नै नेपाली कांग्रेसलाई पनि ठुलो धक्का दिने पक्का छ यस्तो बिषम परिस्थितिमा नेपाली कांग्रेसले अब एउटा पथ समाउनुपर्ने छ र त्यो पथ हो खुमबहादुर पथ । कांग्रेसले अब आफ्नो सनातनी भोट बैकलाई आफुतिर आर्कषित गर्न हिन्दु राष्ट्रको मुद्धा अंगाल्नु पर्नेछ तबमात्र कम्युनिष्टहरु बलियो हुदाको लडाई देखेर वाक्क हुन लागेका जनताले कोहि न कोहि भन्दा त पुरानो … नै जाती भन्नेछन् नेपाली कांग्रेसलाई साथ दिनेछन् बेलैमा चेतना भया ।


(तस्विर मदन तिमल्सेना)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?