तनहूँ । तनहूँको सदरमुकाम दमौलीका तरकारी व्यवसायीहरुले आफुहरुलाई प्रशासनले अन्याय गरेको बताउनुभएको छ । उहाँहरले अत्यावश्यक चिजभित्र पर्ने तरकारीलाई बिहान ५ बजेदेखि १० बजेसम्म बेच्नुभन्दा उक्त समयमा मानिसहरुको भिड बढ्ने उहाँहरुको भनाई छ । तनहूँ तरकारी व्यवसायी संघका अध्यक्ष विजयराज पौडेल बिहानको समयमा तरकारी किन्ने मान्छेहरु नआउने र एकै समयमा सबैजना निस्कने हुदाँ दिनभर खोल्न दिनुपर्ने माग राख्नुभएको छ । साथै उहाँले तरकारी र फलफुल मानिसका अत्यावश्यक चिज हुनुका साथै ति चिजहरुको दमौलीमा राम्रो स्टोर नभएको कारण पनि सड्न गल्न सक्ने भएकोले पनि व्यपारी जोगाउनु प्रशासनको कर्तव्य भएको उहाँले बताउनुभयो ।
त्यसैगरि अर्का व्यवसायी बाल प्रसाद शाही गणेश नसड्ने नगल्ने सामानहरु राख्ने पसलहरु भने दिनभर खोल्न पाउने तरकारी भने बिहान ५ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने हुदाँ एकैचोटी ग्राहकको भिड हुने भएकोले कोरोनाको प्रकोप बढ्छ कि भन्दाको चिन्ता छ भने तरकारी, मासु, फलफुल सडेर व्यवसायी ड्ब्छन् कि भन्ने अर्को चिन्ता पनि रहेको बताउनुभएको छ ।
प्रशासन तथा सम्बन्धित संघसंस्थाहरुले व्यवहारिक रुपमा पनि सोचेर तोकेको समय खोल्दा उक्तः समयमा ग्राहकहरुको भिड हुने बरु दिनैभर पसल खुल्ला राख्दा मानिसको भिड कम हुने कुरालाई विचार गरिदिनुहुन व्यवसायीहरुको आग्रह रहेको छ । पटक पटकको आग्रह वेवस्ता गरे व्यवसायीहरु आन्दोलन गर्ने पनि उहाँहरुले बताउनुभएको छ ।
दमौली बजार वरपर करिब तरकारी व्यावसायी,फलफुल व्यवसायी र मासु व्यावसायी गरेर करिब २ वटा पसलहरु संचालनमा रहेको र प्रशासनको गलत निति नियमका कारण निम्न आय भएका व्यवसायीहरु विस्थापित भएर विचल्ली भएको पनि उहाँले बताउनुभएको छ ।








