कारागारमा मास्क र सेनिटाइजर वितरण गर्दै सटर भाडा व्यवसायी

  • ख-
  • ख+

तनहूँ / जिल्ला कारागार तनहूँमा सटर भाडा व्यवसायी संघ तनहुँले मास्क तथा सेनिटाइजर वितरण गरेको छ । विभिन्न सजाय भुक्तान गरिरहेका कैदीबन्दीका लागि संस्थाले तीन सय थान मास्क र सेनिटाइजर वितरण गरेको सटर भाडा व्यवसायी संघ तनहूँ अध्यक्ष विष्णु पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा संघका पदाधिकारीहरुले जेलर धुर्वसिङ खड्कालाई सेनिटाइजर हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाका केन्द्रिय उपाध्यक्ष बालहरी अधिकारी, निवर्तमान केन्द्रीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, संस्थाका उपाधयक्ष भिंसिङ ठकुरी, संस्थाका सदस्य रामकुमार श्रेष्ठ लगायत महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा संघका महासचिव टीकाराम दाहालले कैदी बन्दीहरुलाई कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित बनाउन मास्क तथा सेनिटाइजर वितरण गरिएको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्