सत्यवति मा.वि.को अध्यक्ष पदमा मत माग्दै लम्सालको अपिल

  • ख-
  • ख+

तनहूँ । नेपालकै नमुना मध्येको एक तनहूँ दमौलीको सत्यवति माध्यमिक विद्यालय विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुन्नको लागि अभिभावकहरुलाई असाध्यै गारो पर्ने भईरहेको छ । अध्यक्षका ४ जना आकांक्षीहरुले आफु एक से एक योग्य उमेदवार भएको दावि सहित प्रेस विज्ञप्तिहरु जारि गर्नुभएको छ । आकांक्षी मध्येका एकजना सूर्यचन्द्र लम्सालले आफु उत्तः विद्यालय व्यवस्थापन समितिमा विगत ६ बर्षदेखि रहेर काम गरिसकेकोले पनि स्कुलको वस्तुस्थिति बुझेको हुनाले आफुलाई मत दिन सम्पूर्ण अभिभावकहरुलाई अपिल गर्दै प्रेस विज्ञप्ति जारि गर्नुभएको छ उहाँद्धारी जारि विज्ञप्ति जस्ताको तस्तैः

प्रेस विज्ञप्ति

आदरणीय अभिभावक ज्यूहरू
सादर नमस्कार
सेवा नै धर्म हो भन्ने भावनाले ओतप्रोत भई सामाजिक काम गर्ने शिलशिलामा श्री सत्यवती माध्यमिक नमूना विद्यालय ब्यास २ दमौली तनहुँमा बिगत ६ बर्षदेखि समितिमा रहि काम गर्दै आएको छु । यो मौका दिनुहुने आदरणीय अभिभावक एवं अग्रज समाजसेवी ब्यक्त्तित्वहरुमा हार्दिक नमन।
देशकै अनुशासित संस्था नेपाली सेनामा १८ बर्षको सेवापश्चात् विभिन्न संस्थामा सफल नेतृत्व गरेको राम्रो अनुभव मसँग छ । हाल श्री सत्यवती माध्यमिक नमूना विद्यालयको गठन हुन गैरहेको व्यवस्थापन समितिको अध्यक्ष पदमा मेरो उम्मेदवारी रहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउछु ।निबर्तमान समिति गठनका क्रममा मैले गरेको त्याग यहाँहरुलाई अवगत नै छ । चुनाबमा नगई सहमतिबाट नेतृत्व चयन गराउन मेरो भूमिका महत्वपूर्ण थियो । त्यसबखत समिति भित्र रहेर काम गर्ने मेरो ईच्छा ईच्छा नै रह्यो । विभिन्न समयमा विद्यालयका लागि मैले गरेको सेवा र योगदान यहाँहरु सामु छ । विद्यालय प्रशासनलाई स्वच्छ र मर्यादित वनाई उपयुक्त शैक्षिक वातावरणमा वालमैत्री विद्यालय स्थापना गर्न मेरा सम्पूर्ण प्रयासहरु केन्द्रित हुने छन् । विद्यालयसंग सरोकार राख्ने विभिन्न संघ सस्थाहरु, वडा, नपा, प्रदेश, संघ समक्ष समन्वय गरी आफ्नो विद्यालयसंगको सम्बन्ध राम्रो बनाउने छु । कोभिडको कारणले भौतिक रूपमा पढाइ हुन नसकेको वा अनलाईनको पहुच नभएका बाबू नानीहरू पढाइबाट बन्चित नहुन बन्दोबस्त मिलाउने छु । बिद्यार्थीहरूलाई कोभिड भ्याक्सिन को लागि पहल गर्ने छु। अनलाईन कक्षालाई प्रभाबकारी बनाउन समितिका साथीहरू,शिक्षक सरहरुसंग मिलेर घर दैलो कार्यक्रम संचालनमा ल्याउने छु।
अन्तमा सम्पूर्ण अभिभावकज्यूहरू आफू सुरक्षित र बाबू नानीहरूलाई कोभिडबाट सुरक्षित राख्नु होला। सहमति प्रयास कायमै छ। मेरो प्रयास सहमतिबाट नेतृत्व टुङ्गाऊ भन्ने नै रहने छ । कथमकदाचित चुनाबमा जानै पर्ने परिस्थिति सिर्जना भयो भने मलाई अध्यक्ष पदमा समर्थन गरी आफ्नो अमूल्य मत प्रदान गरेर सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु।
सु. सूर्यचन्द्र लम्साल
अभिभावक
श्री सत्यवती माध्यामिक नमूना विद्यालय ब्यास २ दमौली
, तनहूँ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?