सत्यवति मा.वि.का वि.व्य.स.का अघ्यक्षका उमेदवार वाग्लेको अपिल

  • ख-
  • ख+

सम्पूर्ण अभिभावक एवं विद्यालयका सुभचिन्तक ज्युहरुमा हार्दिक नमस्कार।
बिद्यालय यउटा पबित्र बिद्यारुपि मन्दिर हो। बिद्यालय समजका विविध जात जाति, धर्म, सस्कृति र संस्कारको प्रतिनिधित्व हुने साझा थलो हो। मुलुकमा राजनैतिक अस्थिरता एवं डरलाग्दो महामारी Covid-19 बढे संङै सामुदायिक बिद्यालयको गतिविधि केहि न केहि हदसम्म ओझेलमा पर्न गएको छ। यसर्थ आजको बिध्यमान अबस्थामा शिक्षालाई व्यावसायिक प्राबिधिक एवं जिबनोपयोगी सीपसंग जोड्नु पर्ने मुख्य चुनौति देखिएकोछ। आबस्यकता बमोजिम विषय बस्तुको पठन पाठन,गुणस्तरीय शिक्षाकाे बिकाश र प्रबर्द्धन, शैक्षिक संरचान, पद्धति र उत्पादित जनशक्ति को चाजोपाजो मिलाउदै अगाडि बद्नु पर्ने देखिन्छ । यस विद्यालयकाे विद्यमान शैक्षिक स्तर र भाैतिक संरचनामा अझ सुधार ल्याउन र आर्थिक पारदर्शिता कायम गरी सर्व साधारणकाे पहुँच पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने कुराहरु बाकि नै छन्। बिद्यालयका बिबिध समस्या, हरेक क्रियाकलापमा तर्कियर पछाडी नहटि समस्याहर्लाई नजिकबाट केलाएर समस्या समाधान गर्नेतर्फ ध्यान दिनु उत्तिकै जरुरि छ। बिद्यालयलाई गतिशील तुल्याउन स्पस्ट दृस्ठिकोणका आधारमा योजना तर्जुमा र कार्यनवयन गर्दै बिद्यालयसंग सरोकार राख्नेहरुबिच सहकार्य गरि अगाडी बढनु जरुरी छ। शिक्षा नितिमा रहेका त्रुटीहरु, अपर्याप्त शिक्षक दरबन्दी, भौतिक सम्रचनाको अभाव, राजनैतिक हस्तक्षेप, चन्दा असुलीका कारण पनि बिद्यालय परिवारमा नैरास्यता छाँयको प्रष्ट देखिन्छ।
श्रावण मसान्तसम्म अभिभावक भेला बोलाई बिद्यालय ब्यबस्थापन समिति गठन गर्नु भनि ब्या. न. पालिकाको निर्देशन बमोजिम बिद्यालय को बिबिध कामहरू सप्पन्न गर्नका लागि Covid-19 का बाबजुद पनि मापदण्ड अपनाई भेला सप्पन्न भयो। Covid-19 कारण आज मुलुक नै संकटमा परेको छ, विद्यार्थी भाई-बहिनी हरुको अध्यन-अध्यापन नै जोखिमपूर्ण बन्न पुगेको छ। Online class (बैकल्पिक शिक्षा प्रणाली ) आज बाध्यता बनेको छ। पहुँच नपुगेका कतिपय अभिभावक विद्यार्थी भाई-बहिनीहरु दुखेसो पोखिरहेका छन्।
शिक्षक गुरुबर्गले बिद्यालय गयर जति समय खर्चनु हुन्थ्यो आज Online class का लागि तेतिनै समय दियर अथक प्रयास गरिरहनु भएको मैले नजिकबाट नियालिरहेको छु। बिद्यालय ब्यबस्थापन समितिमा रहेर एक कार्यकाल सकिदै गर्दा बिद्यालय भित्रका आर्थिक, भौतिक यवम प्रशासनिक काममा अत्याधिक समय दिई लागि पर्नु मेरो मेरो जिम्मेवारी थियो। बिद्यालयका भौतिक पुर्बाधार आज करिब करिब सप्पन्न हुने अबस्थामा छन्। अब बिद्यालयको गुणस्तरिय शैक्षिकपाटोलाई ध्यानमा राखि सबै पक्षलाई समेटेर बिद्यालयलाई शिखरमा पुर्याउने लक्ष्य सहित मैले बिद्यालय ब्यबस्थापन समिति मा अध्यक्ष पद को उम्मेदवारी दिएको यहाँ हरु सम्पुर्णमा जानकारि गर्दछु।

सुरेश वाग्ले, व्यास २ , दमौली ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?