तनहूँ । नेपालको मौलिक कला र संस्कृति नेवारी संस्कृतिको उत्थानको लागि ऋषिगं गाउँपालिकामा बार्षिक रुपमा विविध कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । त्यसैक्रममा ऋषिगं गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले वडा नं. ८ चारघरेमा आज नेवारी संस्कृति र जात्रा प्रर्दशनी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपालको मौलिक कला भएकोले नेवारी कला र संस्कृतिलाई जोगाउनको लागि सबै लागि पर्नुपर्ने र गाउँपालिकाको सधै यसमा सहयोग रहने बताउनुभएको थियो ।
भिमसेन नेवाः खल ऋषिगं ८ का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा आयोजकहरुले उक्त प्रर्दशनी १ महिना सम्म चल्ने र उक्त प्रर्दशनीमा लाँखेनाच, गाईजात्रा, कृष्ण जात्रा, लाँखुनाच र हिलेजात्रा देखाईने जानकारी दिनुभएको थियो । कार्यक्रम संस्थाका सचिव सन्चालन गणेश कुमार श्रेष्ठले गर्नुभएको थियो ।
(तस्विरः सुरज श्रेष्ठ)








