बिद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालनको लागि मापदण्ड बनाउन सरोकारवालाहरुको आग्रह

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका क्षेत्रमा रहेका विद्यालयहरु मापदण्ड पुर्याइ संचालन गर्नको लागि जनप्रतिनिधि र सरोकालाबिच आज व्यास नगरपालिकामा छलफल गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको उक्त छलफलमा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी, व्यास नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, नेपाल शिक्षक महासंघ तनहूँका अध्यक्ष आर सि पोखरेल , सचिव पदम खनाल, एनप्याव्सनका केन्द्रिय सदस्य सन्त तामागं, एनप्याव्सनका जिल्ला सचिव प्रकाश खड्का, प्याव्सन व्यासका प्रतिनिधी उदित पौडेल लगायतका व्यास नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले अनलाईन कक्षाबाट कक्षा संचालन गर्दा ईन्टरनेट र अन्य कारणले पनि सहज नभएको, विद्यालय नखुल्दा बिद्यार्थीहरुलाई मनोवैज्ञानिक असर परिरहेको, बजारहरु प्राय खुल्ला भईसक्दा पनि बालबालिकाको भविष्य जोडिएको विद्यालय संचालन बारे स्पष्ट धारणा नआएकोले मापदण्ड पुरा गरेर बिद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न पाउनुपर्ने माग राखिएको प्याव्सन व्यासका प्रतिनिधी एवं बाराही आवासिय मा.वि. व्यास ३ दमौलीका प्रिन्सिपल उदित पौडेलले जानकारी दिनुभयो साथै बैठकमा निश्चित मापदण्ड अपनाई कसरी विद्यालय संचालन गर्न सकिन्छ सो कुराको जाँचबुझ तथा निर्कौल गरि व्यास नगरपालिकाको तर्फबाट डिसिएमसिको बैठकमा बिद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालय संचालन स्विकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको पनि पौडेलले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?