ब्लड क्यान्सर रोगी शेरबहादुरद्धारा सहयोगको अपिल

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ६ गलेखामका बासिन्दा २६ बर्षिय शेर बहादुर श्रेष्ठले सहयोगको अपिल गर्नुभएको छ । व्लड क्यान्सरबाट पिडिल श्रेष्ठले आफुलाई बाँच्ने चाहाना भएकोले सहयोग गर्नुहुन सबैमा आग्रह गर्नुभएको छ ।
शेर बहादुरका पिता बिल बहादुर श्रेष्ठका अनुसार ठुलो रकम उपचारमा खर्च भईरहेकोले आर्थिक अवस्था नाजुक बन्दै गईरहेकोले छोरोलाई बचाउनको लागि आर्थिक सहयोग संकलन गरिरहनुपरेको छ ।
लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित शेरबहादुर श्रेष्ठ वि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा उपचाररत हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?