तनहूँ । नेपालका दुई ठुला पार्टीहरु नेकपा एमाले र नेकपा माओवादीको एकिकरण पश्चात शिथिल प्राय भएका नेकपा माओवादीका भातृ संगठनहरु दुई पार्टी भिन्नाभिन्नै अस्तित्वमा आएपश्चात पु्न जुर्मुराउन थालेका छन् । त्यसैक्रममा नेकपा माओवादीको जुझारु संगठन वाईसिएल् तनहूँले आफ्ना कार्यकर्ताहरुलाई संगठित गर्ने अभियान शुरु गरेको छ । नेकपा माओवादीका नेता तथा वाईसिएलका नेताहरु सम्मिलित टोलीले तनहूँका विभिन्न पालिका तथा वडाहरुमा वाईसिएल् को कमिटि निर्माणको क्रमलाई तिब्रता दिनुभएको छ । माओवादीका नेता तथा वाईसिएलका नेताहरु सम्मिलित विभिन्न टोलिले व्यास नगरपालिका, आबुँ खैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, ऋषिगं गाउँपालिका संगठन विस्तार तथा समिति गठनको काम भएको छ ।
भाद्र १२ र १३ गते वाईसिएल नेपालको केन्द्रिय अधिवेशन हुन लागेकोले पनि वाईसिएलले जिल्लाका प्रायश सबै पालिकाहरुमा संगठन विस्तार तथा समिति गठनको काम गरिरहेको र तनहूँका ४ वटा पालिकामा छिट्टै गरिने वाईसिएल तनहूँका अध्यक्ष ईश्वर बत्स्यालले बताउनुभएको छ ।
बत्स्यालले आफ्नो संगठनले सर्वहाराको लागि लागि बोृल्ने, दबेका आवाजहरुलाई साथ दिने भएकोले वाईसिएल तनहूँ झनै जागरुक भएर लाग्नुपर्ने बताउनुभएको छ साथै उहाँले प्रत्येक गाउँ, वडा, पालिका, जिल्ला , प्रदेश र देशभर नै वाईसिएलले राम्रा कामहरु गर्नुपर्ने भएकोले वाईसिएलमा आवद्ध सबेलाई सर्वसाधारणको सुखदुःखमा साथ दिन आग्रह पनि गर्नुभएको छ ।








