दमौलीमा खुल्यो नेकपा (एकिकृत समाजवादी) का नेता तथा सांसद किसानको कार्यालय

  • ख-
  • ख+

तनहूँ । केहिदिन अगाडि नेकपा एमालेबाट विभाजित भई स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठ किसानको निर्वाचन क्षेत्रिय कार्यालयको तनहूँको दमौलीमा खु्लेको छ । तनहूँ जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सा।सद श्रेष्ठको निर्वाचन क्षेत्रिय कार्यालयको उक्त पार्टीका केन्द्रिय सदस्य पि एल् श्रेष्ठले आज एक कार्यैक्रम गरि उद्घाटन गर्नुभयो उक्त कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले २६ बर्षसम्म नेपाली कांग्रेसको एकछत्र राजल तोड्दै विजयी हुनुभएका श्रेष्ठले साच्चि नै तनहूँका जनतालाई जनप्रतिनिधि कस्तो हुनुपर्छ भनने आभाष दिएकोले उहाँको अगुवाईमा तनहूँ जिल्लामा पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले राम्रो स्थान बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । यसभन्दा अगाडि नेकपा एमालेका सांसद रहनुभएका श्रेष्ठ नयाँ पार्टीमा समाहित भएसगै पुरानो बोर्ड हटाएर नयाँ बोर्ड राखिएको हो । कार्यक्रममा उपस्थिति महानुभावहरुका अनुसार विकास निर्माण तथा अन्य कार्यको लागि तनहून्नँ जिल्ला क्षेत्र नं। १ का जनताले यस कार्यालयमा सम्पर्क राख्नसक्नुहुनेछ ।

व्यास नगरपालिका वडा नं. ४ को विजुली पावर हाउस नजिकै सांसद श्रेष्ठको निर्वाचन क्षेत्रिय कार्यालय रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?