स्व.मेघनाथ कैनीको नातिद्धारा व्यास १२ को नेका सभापतिमा दावि

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको वडा लगायतका अधिवेशन नजिकिदै गर्दा विभिन्न पदका आकांक्षीहरुले उमेदवारी प्रस्तुत गर्नुभएको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. .१२ को सभापति पदमा युवा व्यक्तित्व विज्ञान कैनीले आफुलाई प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो उमेदवारी कसै विरुद्ध लक्षित नभई अग्रजलाई सम्मान युवालाई प्रोत्साहन गर्न, नेपाली कांग्रेसको संगठन मजवुत गर्न, दक्ष्ता अनुसारको कार्य गर्न गराउन, गुटगत द्धन्द अन्त्य गराई एकता गर्न रहेको बताउनुभएको छ साथै उहाँ आफ्नो अर्को उद्धेश्य तनहूँका नेपाली कांग्रेसका खम्बा स्वर्गिय मेघनाथ कैनीको स्मृति भवनको अधुरो काम सक्ने पनि आफ्नो लक्ष्य रहेको पनि बताउनुहुन्छ ।
स्वर्गिय मेघनाथ कैनीका नाति विज्ञान कैनीको उमेदवारीलाई नेपाली कांंग्रेसमा लामो संघर्ष र योगदान हुदाहुदै पछाडि पारिएको कैनी परिवारले पार्टीमा आफ्नो भुमिका पनि खोजेको कांग्रेसका शुभचिन्तकहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?