तनहूँबाट नेका महाधिवेशन प्रतिनिधिको उमेदवार बन्दै नेविसंघका नेता सुशिल तिमल्सेना

  • ख-
  • ख+

तनहूँ । क्रियाशिल सदस्यता नविकरण विवादमा लामो समयसम्म अल्झिएको नेपाली कांग्रेसको आँउदो अधिवेशनमा युवा नेताहरुले आफ्नो पकडमा राख्न खोजिरहेका छन् । सिधै पाका पुराना नेताहरुलाई तपाईहरु सल्लाहकार भएर बस्नुस् नभनेपनि अप्रत्यक्ष रुपमा देशभरै युवाहरुले अबको कांग्रेस युवाको हातमा दिनुपर्छ भन्ने संकेत देखाईरहेका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशिल तिमल्सेनाले पनि आउँदो जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने घोषणा गर्नुभएको छ । अध्ययनको सिलसिलामा काठमाण्डौमा रहदा काठमाण्डौ विभिन्न क्याम्पसहरुमा नेविसंघको लागि दत्तचित्त भएर लाग्नुभएका तिमल्सेनाले सक्षम नेतृत्व उत्पादनको लागि युवाहरुलाई अहिलेदेखि नै भुमिका दिनुपर्ने बताउनुभएको छ ।
पुराना पुस्ताले देशको लागि केहि गरेनन् भन्दा पनि आफ्नो जोड नयाँ पुस्तालाई पनि अहिलेदेखि नै राजनितिमा योग्य बनाउदै लग्नुपर्ने धारणा रहेको र आफुले नेबिसंघ , नेपाली कांग्रेसको नेतृत्वमा पुग्न योग्य पनि भएकोले जिल्लाबाट आफुलाई सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?