भानु नगरपालिकाद्धारा जनताले तिरेको राजश्वको चरम दुरुपयोग

  • ख-
  • ख+

कमिशनको दाउ र कार्यकर्ता पोस्न १५ लाख ९८ हजार बाँडियोः क्षेत्राधिकार बाहिर रकम खर्च गर्नेलाई कारवाही गर्न माग

तनहूँ । जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलेमतो भयो भने कसरी खोला नभएको ठाँउमा पनि पुल निर्माण गरको देखाउछन् , सडकमा २, ४ टिप गिट्टी झारेर २, ४ सय टिप गिट्टी झारेको बिल पेश गरेर रकम कुम्ल्याउदछन् अनि ४ घण्टा जेसिवि चलाएर ४० घण्टाको बिल पेश गर्छन् भन्ने कुराको गतिलो उदाहरण तनहूँ जिल्लाको भानु नगरपालिकाले दिएको छ । आदिकवी भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको नगरपालिकाले अलिकति लोकलाज पनि नगरिकन लाखौ रकम हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा जनाएको छ । भानु नगरपालिकाले आफ्नो क्षेत्राधिकार नै नभएको संघिय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजना अध्ययनको लागि भन्दै १५ लाख ९८ हजार भुक्तानी गरेको छ ।

नगरपालिकाले ५० हेक्टरसम्मका सिंचाई आयोजनाहरुको अध्ययन तथा ति आयोजनाहरु कार्यान्वय गर्न पाउनेमा ३ हजार ६ सय हेक्टर २ ठुला आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्न रकम उपलब्ध गराई ठुलो रकम हिनामिना गरेको छ ।

७६ करोड ५३ लाख रुपैयाको लागत लाग्ने आयोजनाहरुको अध्ययनको लागि लागि लाखौ रुपैया भुक्तानी गर्नुलाई कमिशनको लोभ र कार्यकर्ता पोस्ने बाटोको रुपमा धेरैले बुझेका छन् । स्मरणिय छ नेपालभरकै नगरपालिकाहरुमा सर्वाधिक विवाददित भानु नगरपालिकामा नगरप्रमुख उदयराज गौली र उपप्रमुख आशा थापा नेपाली कांग्रेसबाट निर्वाचित भएपनि बहुमत सदस्य नेकपा एमालेका प्रतिनिधि भएको कारण पटक पटक नगरसभादेखि अन्य नियमित काम कारवाहीहरु पनि प्रभावित बन्दै आईरहेका छन्। त्यहाँको कर्मचारीतन्त्रको पनि विकास निर्माणका लगायतका अन्य सवालमा जनप्रतिनिधिहरुसग मिलोमतो काम गरेको देख्न पाईदैन तर नगरपालिकाको रकम हिनामिना गर्ने सवालमा सबै पक्ष (नेपाली कांग्रेस, एमालेबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारी) तै चुप मै चुप भएर बसिरहदा सर्वसाधारणले ”सबैको मिलेमतोमा उक्त रकमको हिनामिना गरिएको” आशंका गरेका छन् ।
”क्षेत्राधिकार बाहिरको कुरा अध्ययन गर्न बजेट छुट्याएर कमिशन खाने दाउमा आयोजना बन्ने, बिना आधार करिब १६ लाख बराबरको रकम भुक्तानी गर्नेलाई कानुनी कारवाहीको कठघरामा ल्याउनुपर्ने र उक्त रकम असुल उपर गर्नुपर्ने” सर्वसाधारणको माग रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनको १७९ नम्बरमा तनहूँको भानु नगरपालिकाको उक्त कार्य उपलब्धिविहिन हुने जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?