तनहूँ । वडाको अधिवेशनको मिति छनोट भई सक्दा नसक्दै नेपाली कांग्रेसमा वडाको नेतृत्व गर्न युवाहरु जुर्मुराएका छन् । त्यसै क्रममा व्यास नगरपालिका वडा ४ को सभापतिको लागि सरोज भण्डारीले उमेदवारी पेश गर्नुभएको छ । जिल्लामा नेविसंघको लामो राजनिति गर्नुभएका भण्डारीले आफुले नेपाली कांग्रेसको वडा सचिवको रुपमा विगत ५ बर्षसम्म काम गरेकोले पनि अब वडा सभापति बनेर पार्टीलाई थप बलियो बनाउनको लागि प्रयत्न गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रिय निति तथा प्रशिक्षण विभागको सदस्य रहनुभएका भण्डारी एक ससफल व्यवसायी एवं समाजसेवीको रुपमा पनि परिचित हुनुहुन्छ ।








