बुबाको पुण्यतिथिमा छोराहरुद्धारा खाद्यान्न सहयोग

  • ख-
  • ख+

चितवन । तनहूँको भानु नगरपालिका चुँदि घर भई अमेरिका निवासी राजु आचार्य र चुदिकै हरिराम आचार्य हृदयराम आचार्य र परिवारजनले आफ्ना अभिभावकको पुण्यतिथीमा चितवनका सामाजिक संस्थाहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय कुलप्रसाद आचार्यको प्रथम पुण्यतिथिमा उहाँहरुले चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रम र सहाराको घरको लागि खाद्यान्न सहयोग गर्नुभएको हो । लायन्स क्लब अफ चितवन डायनामिक युथको संयोजनमा उक्त खाद्यान्न सामाग्री व्यवसायी तथा लेखनाथ पौडेलले हस्तान्तरण गर्नुभएको थियो ।
खद्यान्न हस्तान्तरण कार्यक्रममा संस्थाहरुले खाद्यान्न बुझ्दै स्वर्गिय कुलप्रसाद आचार्यको आत्माको शान्तिको कामना गर्दै परिवारको पुण्य कामको सरहाना गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?