मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) को गाउँ जाने बाटोको बिजोग

  • ख-
  • ख+

कतै नालिभन्दा १ फिट माथि ह्युम पाईप, कतै व्यक्ति विशेषको खेतियोग्य जग्गा बिगार्न मनपर्दी रुपमा ह्युम पाईप, पिच सडक भरि ढुगां, माटो र गिटी

तनहूँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको गाउँ जाने बाटोको विजोग अवस्था रहेको छ । व्यास नगरपालिका १० मा रहेको तालघरे, दुम्सिचौर पोखरेलफाँट मोटर मार्गको दुर्दशा देख्दा जो कोहि पनि भन्ने गर्न बाध्य हुन्छन् यो गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचनद्र नेपालीको गाउँ जाने सडक हो ? के यो साच्चै पटक पटक राष्टिय योजना आयोगका उपाध्यक्ष बन्नुभएका डाक्टर जगदिशचन्द्र पोखरेलको गाउँ जाने बाटो हो ? यो तत्कालिन जिल्ला विकास समिति तनहूँका सभापति रामचन्द्र पोखरेलको गाउँ जाने बाटो हो ?


व्यास १ तालघरेबाट उत्तरतिर लाग्ने बाटोमा केहि पाईला अगाडि बढ्ने बित्तिकै भग्नावशेष कजवेले तपाईलाई स्वागत गर्न पुग्छ । अदक्ष प्राविधिकहरुबाट डिजाईन गरिएको उक्त कजवे देख्नासाथ मानिसहरु सजिलै भन्ने गर्नुहुन्छ खोला खोल्सिमा बग्ने पानीको अनुमान नै नगरिकन हचुवाको भरमा कजवेको डिजाईन गर्ने कस्ता प्राविधिक होलान् ? अलि माथि उक्ले पछि पिच गरिएको सडकभरि भल पसेको, गिटी , ढुगां बगेको देख्न पाईन्छ भने केहि माथि उक्ले पछि अति नै सक्षम प्राविधिकहरुको अनुगमन भएर हुनुपर्छ पानीको निकास दिन राखिने ह्युम पाईप पनि नालीको सतहभन्दा १ फिट माथि राखिएको छ शायद उक्त ह्युम पाईपबाट पानी नजावोस् र जहाँ निरको ह्युम पाईपबाट पानी जान्छ त्यस्को बढि नै क्षति होस् भनेर हुनुपर्दछ । यस्ता दृश्यहरु तालघरेबाट दुम्सिचौर नपुगुन्जेलसम्म प्रशस्तै देख्न पाईन्छ । पिच गरिएको सडकमा पानी दौडिरहेको, नालिको निकास नहुँदा गिटी , ढुगां , माटो सडकभरि भएको देख्न पाईन्छ । तालघरे , दुम्सिचौर पोखरेलफाँट मोटरमार्गमा अनगिन्ति प्राविधिक गल्तीहरु भेट्न पाईन्छ तर ति गल्तीहरु बाटो निर्माण समिति र प्राविधिकहरुको मिलेमतोमा भएको देखिन्छ । समितिले राख्नुपर्ने ठाउँमा पानी निकासको लागि ह्युम पाईप राखेको पाईदैन, कहाँ, कुन ठाउँमा आफ्ना पार्टीका कार्यकर्ताको खेतवारी पर्दैन त्यहाँ लगेर जताततैको पानी निकाश गर्न खोजिएको छ । पानीको सहि निकास दिनुपर्ने ठाउँमा ह्युम पाईप नराखि व्यक्ति विशेषको खेतियोग्य जग्गा बिगार्न मनपर्दी रुपमा ह्युम पाईप राखिएको छ भने कतै ह्युम पाईप राखिएको झै गरेर नालिभन्दा १ फिट माथि ह्युम पाईप राखिएको छ । फेरि अनुगमन गर्ने प्राविधिकहरुले पनि त्यस्तो कार्यलाई पनि सहजै सहजै स्विकृति प्रदान गर्नुभएको छ ।

तालघरे , दुम्सिचौर पोखरेलफाँट मोटरमार्ग किन यस्तो जताततै भग्नावशेष अवस्था भनेर प्रश्न गर्दा स्थानियहरु राजनितिक दलहरुले समितिमा आफ्ना आफ्ना मान्छे राखे अनि आफ्ना कार्यकर्ता खुशी पार्न कतै ह्युम पाईप नराख्ने, कतै सडकको उचाई बढाउनुपर्ने हुदा हेुदै पनि व्यक्ति बिशेषको खेतियोग्य जमिन बिगार्न सडकको पानी त्यतै तर्काउने कारणले गर्दा सडकमा पानी निकासको उचित प्रवन्ध हुन सकेको छैन र सडकको यो दुरावस्था भएको हो भन्नुहुन्छ साथै बाटो निर्माण गर्न ज्ञाननै नभएको राजनितिक दलको कार्यकर्ता समितिमा बस्ने अनि समितिले जस्तो काम गरे पनि अनुगमनको भत्ता बुझ्ने तर फिल्डमा नपुगिकन अनुगमन पास गर्ने प्राविधिक रहेको कारणले सार्वजनिक सम्पत्ति बाटोको सत्यानाश भएको बताउनुहुन्छ ।


तत्कालिन समयमा तनहूँको उत्तरी भेगहरु तनहूसुर , मिर्लगं, गजौडे। फराकचौर लगायतका स्थानहरुतिर जान प्रयोग गरिने उक्त बाटो पिच भएपनि धेरै ठाउँमा पानीको उचित निकाश हुन नसक्दा भत्कनेक्रम शुरु भएको छ ।


हाल तराईमा बसोवास गरेपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, राष्टिय योजना आयोगका उपाध्यक्ष डाक्टर जगदिशचन्द्र पोखरेल, तत्कालिन जिल्ला विकास समिति तनहूँका सभापति रामचन्द्र पोखरेलको यसै स्थानको बासिन्दा हुनुहुन्छ । उहाँहरुका पिता प्रजातन्त्रका सेनानी स्वर्गिय गोवद्र्धन शर्मा पोखरेलले यस स्थानबाट नेपाली कांग्रेसको संगठन निर्माणमा अतुलनिय योगदान दिनुभएको थियो । स्थानियवासीहरुले गोर्वद्धन शर्माको सम्मानमा उक्त बाटोको नाम स्वर्गिय गोर्वद्धन शर्मा स्मृति मार्ग राख्न प्रस्ताव गरेपनि उहाँको परिवारले चासो नदिदा सडकको नामाकरण भएको छैन ।स्मरणिय छ उक्त सडक गण्डकी प्रदेशका सांसद दोवाटे बि.क.को पनि गाउँ जाने सडक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?