बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिले कोरोना भत्ता पचाउदै रचे ईतिहासः असुल उपर गर्न महालेखाको निर्देशन

  • ख-
  • ख+

स्वास्थ्यकर्मीलाई १ महिनाको भत्ता अन्य कर्मचारी र जनप्रतिनिधिलाई ४ महिनाको भत्ता


तनहूँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनले तनहूँ जिल्लाका स्थानिय निकायका जनप्रतिनिधि तथा स्थानिय तहमा कार्यकर्ताको चरित्र उदागों भएको छ । कोरोनाको महामारीको समयमा पनि जनताको खुन पसिनाबाट संचित भएको राजश्व कसरी मनपरि गरिएको रहेछ प्रतिवेदनले औल्याएको छ । व्यास नगरपालिकाले पिपिई खरिद, म्याग्दे गाउँपालिकाले राहत वितरण, देवघाट गाउँपालिकाले स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टिनको खाना खाजा खरिद, शुक्लागण्डकी नगरपालिकाले १ रुपैयामा पाईने मास्कलाई ४ सय रुपैया तिरेर स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेसगै बन्दिपुर गाउँपालिकाले एक कदम अगाडि बढेर कोरोना महामारीको समयमा जनताकाले तिरेको राजश्वको अनियमितता गरेको छ । त्यसरी अनियमितता गरेसगै महालेखा परीक्षकको कार्यालयले उक्त रकम असुल गर्नुपर्ने जनाएको छ ।

महालेखा परीक्षक कार्यालयका अनुसार बन्दीपुर गाउँपालिकाले भत्ता वितरणमा मनपरी गरेको प्रतिवेदनमा जनाईएको छ । स्वास्थ्यकर्मीलाई १ महिनाको मात्र भत्ता उपलब्ध गराएकोमा प्रशासनिक कर्मचारी तथा पदाधिकारीलाई ४ महिनाको पूरा अवधिको तलब बराबरको १२ लाख ११ हजार खर्च गरेको छ । कोरोना भाइरस संक्रमणको उपचार संग्लन जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेशले चैत ९ गतेदेखि मात्र भुक्तानी दिने उल्लेख गरिएकोमा चैत १ गतेदेख नै लागू हुने गरी भत्ता भुक्तानी गरेकाले ८१ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

प्रत्यक्ष संग्लन जनशक्तिबाहेक प्रशासनिक जनशक्तिलाई ५० प्रतिशत रकम भुक्तानी गर्नुपर्नेमा चार महिनाको सबै भत्ता भुक्तानी गरेकाले बढी भुक्तानी भएको ५ लाख ६५ हजार रुपैयाँ असुल गर्न भनेको छ । आदेशअनुसार पदाधिकारीलाई भत्ता दिन मिल्ने देखिँदैन । तर, बन्दीपुरले प्रमुख र उपप्रमुखलाई समेत तलब स्केल ३८ हजार र ३६ हजार रुपैयाँका दरले ४ महिनाको २ लाख ९६ हजार रुपैयाँ भुक्तान गरेको भेटिएको छ । ‘आदेशविपरीत हुने गरी भत्ता दिनु मनासिव देखिएन’, महालेखाले भनेको छ ।


यसरी प्रसाशनिक कर्मचारी तथा जनप्रतिनिधिहरुले ४ महिनाको भत्ता लिएर अनियमितता गरिरहेको रिर्पोट बाहिरिरहदा उक्त गाउँपालिकाले महालेखा परिक्षकको कार्यालयले भनेझै असुल गर्न लागेको भनेर सूचना ननिकाल्दा सर्वसाधारणले औला उठाईरहेका छन् । एकजना स्थानिय ” स्वास्थ्यकर्मीलाई १ महिनाको भत्ता दिएर अरुले ४ महिनाको भत्ता खाएर ईतिहास रच्दा पनि जनता नजाग्नु अचम्म लाग्दो भएको छ ”’ भन्नुहुन्छ साथै उहाँको प्रश्न छ ”जनताको सेवा गर्छु भनेर जानेले शिर्षक मिलाई मिलाई कोरोना महामारीको विषम परिस्थितिमा खाएको भत्ता महालेखा परिक्षकको कार्यालयले असुल गर्नु भनेपछि असुल उपर होला कि नाई ?”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?