गाँजा खेति र विक्री वितरण खुल्ला गर्नु अत्यन्तै जरुरी

  • ख-
  • ख+

नेपालमा किसानहरु बैंकबाट ऋण लिएर कृषि कार्य गरिरहेका बेला किसानले उत्पादन गरेका दुध, मासु, सागसब्जि, फलफुल, अन्नपातले उचित बजार नपाउँदा किसानहरु ऋणमा डुबिरहेका छन् भने केहि समयभित्रै भण्डारण नगरे गलल्ने , कुहिने फलफुल तरकारीको भण्डार गर्ने व्यवस्था नहुदाँ कृषकहरुलाई अप्ठ्यारोमा परेका छन् । कृषकहरुलाई परेको अप्ठ्यारोले गर्दा कृषकहरुको घरवार लिलामसम्म पनि भएका छ भने कृषकहरु जहिले पनि गरिबका गरिब भईरहेको कहि कतै छिपेको छैन ।
कृषकहरुको कृषि उपजले राम्रो फाईदा पनि नपाउने , बजार पनि राम्रो नपाउने परिस्थिति श्रृजना भईरहेकोले कृषकहरुले परम्परागत कृषि प्रणालीलाई त्यागेर समयानुकुल खेति गरेको खण्डमा सजिलै आम्दानी बढाएर धनी बनाउन सकिन्छ । न त सरकारले अहिलेकै कृषि खेति प्रणालीलाई प्रविधियुक्त बनाउन सकेको छ न त कृषकको आम्दानीको अन्य श्रोतमा कानुन बनाएको छ ।
नेपालमा सरकारले कृषकलाई स्विकृति दिएर कृषकलाई धनी बनाउनको लागि गाँजा खेति गर्न पाईने निति ल्याउनु अत्यन्तै जरुरी रहेको छ । कृषक धनी बन्नको लागि सबैले पुरानै कृषि कर्म धान, मकै , तरकारी रोपिरहनुपर्छ भन्ने छैन गाँजा खेति गरेर पनि सजिलै धनि बन्न सकिन्छ । गाँजा खेतिको लागि बैकहरुबाट चर्को व्याजदरमा ऋण लिनुपर्छ भन्ने पनि छैन । १ पाथी गाँजाको खेति एउटा किसानले गर्दा बर्षमा लाखौ रुपैया आम्दानी हुनसक्छ । छोटो अवधिमा नै गाँजा खेति गरेर प्रशस्त आम्दानी हुने हुदाँ बैदेशिक रोजगारमा जानेको संख्या पनि विस्तारै द्धट्दै गएर शुन्यको अवस्थामा आईपुग्दछ गाँजा खेतिको उत्पादन र बिक्रीबाट सरकारलाई पनि राजश्वमा पनि योगदान हुने हुदाँ देशमा बिकास पनि चाडै हुन पुग्दछ ।
अमेरिकामा ४८ वटा प्रान्तमा गाँजा खेतिलाई मान्यता दिएको छ भने विश्व स्वस्थ्य संगठनले गाँजालाई लागुपदार्थ होईन औषधीको रुपमा व्याख्या गरेको छ । गाँजा प्रयोग गर्ने र बेचबिखन गर्ने विरुद्ध निकै कडा कानुन बनाएको थाईलैण्डलले पनि कानुन सुधार गर्दै गाँजाको कारोवार खुलाएको छ । अहिले थाईलैण्डको टुरिजमलाई सबैभन्दा बढि टेवा दिने त्यहि गाँजा भएको छ । देशको अर्थतन्त्र सुधार गर्न, यर्पटकहरुलाई आकर्षित गर्न, कृषकहरुको आर्थिक अवस्था उकास्न गाँजा खेतिले निकै प्रभावकारी काम गरेको छ । विश्व स्वस्थ्य संगठनले औषधीको रुपमा नामांकन गरेको गाँजा मिसिएका परिकारहरु होटल तथा रेष्टुरेण्टमा पाईने हुदाँ व्यापार व्यवसाय पनि बढेको छ । कृषकहरुले ठुलो मात्रामा गाँजा खेति गर्ने चलन बढेको छ । एक जना नेपालीले करोडौ रुपैया लगानी गरेर ठुलो मात्रामा खाजाको खेति गरिरहेको पनि समाचार बाहिरिरहेको छ । गाँजाको कारोवार, खेति गरेको पाईएको मृत्युदण्ड दिने देशमा त गाँजाको देशमा त गाँजा सेवन, खेति कारोवार फुकुवा गरिएको छ भने नेपालमा किन खुल्ला गरिएको छैन सर्वत्र चासो भएको छ ।
गाँजाले विरामीहरुको फोक्सोको रोग निको पार्न सक्ने वैज्ञानिकहरुले पत्ता लगाउनुभएको छ भने थाईलैण्डको मेडिकल रिसर्च ईन्स्टिच्युटका अनुसार गाँजा संसारको सबैभन्दा लोकप्रिय औषधी पनि रहेको छ । थाईलैण्डमा मात्र होईन यस्को महत्व बुझेर मुस्लिम मुलुक पाकिस्तानमा पनि गाँजा र भांगको औद्योगिक उत्पादन गर्न दिने योजना ल्याउने प्रधानमन्त्री ईमरान खानको सरकारले प्रष्ट पारेको छ । यस्को विश्वव्यापी बजारलाई सम्बोधन गर्न सके विदेशी मुद्रा संचिती भएर कमजोर अर्थतन्त्र, वित्तिय घाटाले ग्रस्त मुलुकलाई राहत हुने खानको सरकारले दाबी गरेको छ । यस्को बजार विस्तार गरि आगामी तिन बर्षमा १ अर्व अमेरिकी डलर आम्दानी गर्न सकिने पाकिस्तानको सरकारले लक्ष्य आकंलन गरेको छ । छिमेकी मुलुक भारतले बाबा रामदेवको पतन्जली आयुर्वेदलाई औषधीको रुपमा गाँजा खेति गर्न अनुमति दिईसकेको छ ।

नेपाल जस्तो ऋणै ऋणले डुबेको देश, ऋण लिएर सरकार चलाउन परेको देश, छोरी चेलिलाई भारत, अरबका खाडिमा यौन शोषण र श्रम शोषणको लागि बेच्नुपरेको देश, दैनिक सयौको संख्यामा बेरोजगार युवाहरुलाई धुरुधुरु रुवाउदे विदेश पठाउनुपरेको देश, पैसा कमाउन विदेशमा गएका युवाहरु दैनिक बाकसमा फर्किरहेको देश, लाखौ मानिसहरु भारतका गल्लीहरुमा दरवान, गुर्खा, भनिएर हेपिएको देश प्रशस्त सम्भावना हुदाहुदै पनि किन मौन छ सरकार किन देशको आर्थिक अवस्था उकास्न बुटीको काम गर्ने गाँजा खेति उत्पादन र प्रयोग गर्ने कानुन ल्याउन खोज्दैन ? अमेरिका, थाईलैण्ड, भारत र विश्वका अन्य मुलुकमा गाँजा उत्पादन, प्रयोग गरेर कृषकहरुलाई प्रोत्साहन गरेर देशको अर्थतनत्र उकासिरहेको बेला किन मौन छ नेपाल सरकार ?
विश्व स्वस्थ्य संगठनले समेत औषधीको रुपमा मान्यता दिएको जडिबुटीलाई किन र के कारणले खुल्ला गर्न सकिरहेको छैन ? अन्य देशले गाँजा खेती गरेर लाखौ करोडौ रकम आर्जन गरिरहदा त्यस देशका किसानहरु बर्षमा करोडौ रकम कमाईरहदा हाम्रो देशले किन गाँजा खेति खुल्ला गर्ने नियम बनाउन हिच्किचाईरहेको छ सर्वत्र चासोको बिषय बनेको छ । नेपाल सरकारले पनि गाँजा खेति र प्रयोग बेचविखनलाई सहज हुने निति नियम ल्याएर कृषकको मुहार खुशी ल्याउने, विदशी मुद्राको संचिति बढाउने, पर्यटकहरुको आवागमनमा वृद्धि गराउने, औषधीको रुपमा रामवाण औषधी, देशको राजश्व बढाउने तर्फ चाडै नै पहलकदमी गर्नु पर्छ नत्र विश्वका अन्य देशले गाँजा उत्पादन र बिक्रि वितरण गरेर करौडौ कमाईरहदा हाम्रो घर आँगन , चौर जंगल जताततै पाईने शिवबुटीको अवमुल्यन गरेको ठर्हदछ जुन अवमुल्यनले नेपाललाई साथै यहाँका जनतालाई गरिब बनाईरहेको छ त्यसैले नेपाल सरकारले तत्कालै गाँजा उत्पादन तथा बिक्री वितरणको लागि आवश्यक कानुन बनाउनु जरुरी रहेको छ ।

(लेखकका निजी विचार हुन् । )

(भारतबाट कृषिमा बिएससि गर्नुभएका ८६ बर्षिय गुरुगं २०३२ सालदेखि हालसम्म वोटबिरुवा, आयुर्वेदिक जडिबुटीको वृक्षारोपण तथा खेतिपातीमा संलग्न हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्