तनहूँ । कोरोना भाइरसको संक्रमण भई पोखराको अस्पतालमा उपचार गराईरहनुभएका तनहूँ दमौलीका १ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका वडा नं. ४ का ८३ बर्षिय पुरुषको मंगलवार उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरि स्याङ्जाको अस्पतालमा उपचारको क्रममा थप १ जनाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीको पोखरा १४ का ७५ वर्षीय पुरुषको बुधबार तथा पोखरा १९ की ५५ वर्षीया महिला उपचारको क्रममा मृत्यु भएको छ ।
बाग्लुङको काठेखोला ८ की ८३ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा बुधबार उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
स्याङ्जाको गल्याङ ३ की ५८ वर्षीया महिलाको मंगलबार गल्याङ अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।\









