तनहूँ । वाईसीएल नेपाल तनहूँले आज एक कार्यक्रमका बिच श्रम शिविरको शुरुवात गरेको छ । तनहूँ जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं.२ खहरेमा बाढी पिडितहरुको सहयोगका लागि वाईसीएल नेपाल तनहूँले श्रम शिविरको शुरु शुरुवात गरेको हो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटि सदस्य क्षितिज लामिछाने, वाईसिएल नेपालका केिन्द्रय सदस्य शरण सापकोटा तथा जिल्लाभरका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२ दिनसम्म हुने उक्त श्रम शिविर कार्यक्रमको उद्धघाटन सत्रमा माओकादी केन्द्र बन्दिपुरका तर्फबाट ९ जना बाढिपिडितहरुको लागि जनहि १५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
वाईसिएल नेपाल तनहूँका अध्यक्ष एवं वाईसिएल नेपालका नवनिर्वाचित केन्द्रिय सदस्य ईश्वर बस्यालको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।











