कार्तिक ३० । शनिबार व्यास नगरपालिका वडा नं. ५ मानहूँकोट घुम्न गएका पर्यटकको मोटरसाईकल चोरी भएको छ । साथीभाईहरुसग मानहूँकोट घुम्न गएका म्याग्दे गाँउपालिका वडा नं. १ गुणादीका अनिल अधिकारीको २ सय २० सिसिको बा – प्र – ०३ , ००२प ३८३९ नम्बरको कालो पल्सर मोटरसाईकल चोरि भएको हो । पार्किगं राखेको मोटरसाईकल चोरी भएको अनिल अधिकारीले बताउनुभएको छ ।
चोरी भएको मोटरसाईकल पत्ता लगाउन मोटरसाईकल लिएर जानसक्ने र लुकाउन सक्ने स्थानहरुमा सुरक्षाकर्मी खटाएर खोजविन गरिरहेको जिल्ला ट्राफिक कार्यालय प्रहरी प्रमुख रेशम रानाभाटले बताउनुभएको छ ।
पछिल्लो समय सामाजिक संजालमा निकै प्रचारमा आईरहेको मानहूँमा भिड बढ्न थालेपछि व्यास नगरपालिकाको बैठकले दिनमा ३ सय जनाभन्दा बढि जान नपाउने गरि सूचना जारी गरेको छ ।








