पोखरा महानगरपालिकामा ८ करोड हरायोः बेरुजु १ अर्ब ९७ करोड रुपैया

  • ख-
  • ख+

कास्की । महालेखा परीक्षकको कार्यालयको यस बर्षको प्रतिवेदन बाहिरेसगै स्थानिय निकायले गरेका मनपर्दीहरु बिस्तारै बाहिरिएका छन् । विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान, कार्यकर्तालाई मनपदी रकम वितरण गरेर बेरुजु गर्ने धेरै स्थानीय तहमा देखिएको बेथिति हो । तिनै मध्ये पोखरा महानगरपालिकाले अनौठो रेकर्ड राखेको छ ।
हालसालै महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनका अनुसार पोखरा महानगरपालिकामा करिब ८ करोड रुपैयाँ राजश्व नै हराएको छ । जनताको ढाँड सेक्ने गरि राजश्व उठाएको नगरपालिकाको ८ करोड राजश्व गायब हुदाँ महालेखा परीक्षकको कार्यालयले यस सम्बन्धमा छानबिन गर्न भनेको छ ।
गत वर्ष पनि १३ करोड राजश्व गायब भएको पोखरा महानगरपालिकाको १ अर्ब ३५ करोड आम्दानी हुनेपर्नेमा राजश्व संकलन खातामा १ अर्ब २७ करोड मात्र देखिएकोले छानबिन गर्न महालेखाले भनेको हो । जनप्रतिनिधि र कर्मचारी मिलेर अनुचित काम गर्दैैगर्दा महानगरको बेरुजुमात्र १ अर्ब ९७ करोड रुपैया पुगेको छ ।
विकृतिको चागंहरु खेखिएको पोखरा महानगरपालिकामा नियम मिचेर मनपर्दी भत्ता खाने अनुगमन, मूल्यांकन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण आदिमा उद्धेश्य विना नै लाखौ खर्च भएको देखाउने, सुविधा सम्बन्धि ऐन बिपरित विभिन्न बैठकमा कर्मचारीले धेरै भत्ता लिन, अनावश्यक जिन्सी सामान खरिद गर्ने गरेको, अनावश्यक विज्ञापन, इन्धन, भ्रमण, खाजा, अनावश्यक रुपमा कर्मचारी भर्ति गर्ने, कर्मचारीहरुले ल्यापटप , मोवाईल लैजाने फिर्ता नगर्ने गरेर्को भेटिएको छ । महालेखाले पोखरा महानगरपालिकाले गरेका थुप्रै गल्तिहरु गरेको जनाउदै गल्तीहरु सुधार्दै बुदाँगत रुपमा असुल उपर गर्न निर्देशन दिएको छ । (महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा आधारित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?