वडा अध्यक्ष विश्व न्यौपाने सहित जनप्रतिनिधीको प्रवेशले नेकपा एसलाई तनहूँमा राहत

  • ख-
  • ख+

तनहूँ । तनहुँ जिल्ला क्षेत्र नं. १ बाट केन्द्रमा प्रतिनिधित्व गर्ने सांसद कृष्णकुमार श्रेष्ठ किसानले पछिल्लो समय नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी रोजेपछि त्यस्को प्रत्यक्ष असर तनहूँ जिल्लामा पनि परेको छ । सांसद किसान नेकपा एमालेमा रहदा माधब नेपाल पक्षको चर्को आलोचना गर्ने नेता कार्यकर्ता आजकल यदाकदा माधब नेपाल पक्षको प्रशंशा गर्ने र प्राय मौन देखिएका छन् । निर्वाचित जनप्रतिनिधीहरुको हकमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मध्ये एक छान्न भाद्र २२ गतेसम्मको समय दिईएकोले नेकपा एकीकृत समाजवादीमा जान ईच्छुकहरुले निर्वाचन आयोग पुगेर सनाखत गर्नुभएको छ । त्यसैक्रममा तनहूँ जिल्लाको सदरमुकाम दमौली बजारको महत्पूर्ण वडा गएको स्थानिय निर्वाचनमा नेकपा एमालेले आफ्ना उमेदवार विजयी बनाउन सफल वडा नं..४ अध्यक्ष र १ जना वडा सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको छ । वडा नं. ४ का अध्यक्ष कमरेड विश्व न्यौपाने र वडा सदस्य मन बहादुर गुरुङ आफु विकासमा रुचि राख्ने जनप्रतिनिधी भएको हुनाले नेकपा एकीकृत समाजवादीमा समाहित भएको बताउनुभएको छ ।

गण्डकी प्रदेशमा जनतिनिधीहरुको राम्रो साथ नपाएको नेकपा एकीकृत समाजवादीमा शुक्लागण्डकी नगरपालिका ५ का वडाअध्यक्ष दिर्ग बहादुर थापा, शुक्लागण्डकी नगरपालिका वडा नं.३ का अध्यक्ष क राम श्रेष्ठ , शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष दल बहादुर थापा, कार्यपालिका सदस्य सानुमाया महत र रिता भुजेल साथै वडा सदस्यहरु डिल बहादुर थापा, थमन आले, थप ब आले , डोल माया बि.क. आफु नेकपा एकीकृत समाजवादीमा रहने भनि निर्वाचन आयोग पुगि सनाखत गर्नुभएको छ । उहाँहरुको सनाखतसगै तनहूँमा नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने १२ जनप्रतिनिधि पुगेको छ ।
नेकपा एमालेको राम्रो जनमत भएको मानिएको शुक्लागण्डकीका वडा अध्यक्ष सहितका जनप्रतिनिधीहरुको आगमन र व्यास नगरपालिकामा विजयी एकमात्र वडा अध्यक्ष विश्व न्यौपाने नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुले नेकपा (एस्) लाई राहत भएको र आउदाँ दिनहरुमा नेकपा एमालेलाई धेरै नै घाटा पुग्ने जनमानसको धारणा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्