मोहन र बैकुण्ठको उमेदवारी घोषणासगै नेका व्यास नगर सभापतिको दौड रोचक मोडमा

  • ख-
  • ख+

तनहूँ । नेपाली कांग्रेसको वडा अधिवेशन समाप्तिसगै नगर अधिवेशनको तयारी गर्दै गर्दा तनहूँमा तरंग आएको छ । बिशेषगरि जिल्लाको केन्द्रमा रहेको व्यास नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापतिलाई भावि नगर प्रमुखको दावेदारको रुपमा प्रस्तुत गर्ने गरिन्छ भने व्यास नगरको सभापति भएपश्चात पार्टी राजनितीमा केहि खुट्किलो चढ्ने विश्वास गरिन्छ । लामो समयदेखि व्यास नगरको पार्टी सभापति बन्न विभिन्न व्यक्तिहरुले ईच्छा आकांक्षाहरु देखाईरहनुभएको थियो । अधिवेशनको मिति कहिले हुने होला भनेर पार्टी भईरहेको अवस्थामा पनि सभापतिको आकांक्षीहरुको नेता तथा कार्यकर्तासगको भेटघाट कुनै स्थानिय निकायको निर्वाचनभन्दा कम थिएन ।
हालका नगर सह सचिव डम्बर बहादुर अधिकारी , क्षेत्रिय सचिव तथा व्यास १० का वडा अध्यक्ष तुलसी राम सापकोटा, नेका व्यास नगर सचिव चुडामणी दाहाल, टेड युनियन कांग्रेस तनहूँका अध्यक्ष सूर्यचन्द्र हड्खले , नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, ईन्जिनियर हरिदत्त पौडेल र डाक्टर शेषरमण न्यौपानेले आफ्नो उमेदवारीलाई घोषणा गरेर अगाडि बढिसक्नुभएको थियो । मानिसहरुले विभिन्न व्यक्तिहरुलाई विभिन्न गुटहरुसग जोडि नगरसभापतिको चित्र कोरिरहदा व्यास नगर सभापतिको दौड अन्तिम समयमा आएर रोचक बन्न पुगेको छ । त्यसलाई अझ रोचक बनाउनुभएको व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठ र व्यवसायी बैकुठनाथ मिश्रले ।

नेपाली कांग्रेसको नगर सचिव, तरुणदलको नेता, नगरपालिकाका प्रवक्ता एवं व्यास ५ का अध्यक्ष हुदै युवाहरु माझ सफल युवा नेताको छाप छोड्न सफल मोहन कुमार श्रेष्ठको उमेदवारीले गर्दा धेरैलाई झट्का लागिरहेको छ । ”२ कार्यकाल नगर सचिव भएर कार्यकाल सम्हालेको छु स्वत म नै त हो दावेदार, नगर सचिवबाट जाने त नगर सभापति नै त हो नि” मोहन कुमार श्रेष्ठको भनाई छ । त्यसैगरि व्यास नगर कांग्रेस र अरु उमेदवारहरुलाई बैकुण्ठ नाथ मिश्रको उमेदवारी पनि चुनौति बन्ने पक्का छ । व्यापारी व्यवसायीहरुको संस्था तनहूँ उद्योग बाणिज्य संघको साधारण सदस्य हुदै प्रथम उपाध्यक्षमा पुगि अघिल्लो पटकको निर्वाचनमा आफ्नै पार्टीको शिकार बन्नुभएका बैकुण्ठनाथ मिश्र प्रतिपनि कांग्रेसीजनहरुको सहानुभुति रहेको छ । बाणिज्य संघको चुनावमा पार्टी स्वतन्त्र नबसेर बैकुण्ठलाई ठुलो अन्याय गरेको भन्ने कांग्रेसभित्र ठुलो समुह समुह रहेको छ । अधिवेशनको मुखमा आएर बैकुण्ठको उमेदवारी घोषणालाई पनि उहाँले यसपटक पार्टीले मलाई न्याय गरोस् भन्ने चाहना रहेको छ । ”मैले पनि पार्टीलाई कम योगदान गरेको छु र ? बाणिज्य संघको चुनावमा पार्टीले स्वतन्त्र भुमिका निभाउन सकेन त्यसमा मेरो केहि गुनासो छैन पविन्द्रकुमार श्रेष्ठ राम्रो योग्य मान्छे आउनुभएको छ तर अब नगरको सभापति त मलाई बनाउनुपर्यो नि म पनि गर्छु कांग्रेसको उन्नति र प्रगति” उहाँको दावि रहेको छ ।
यसरी भदौ २७ मा हुन लागेको निर्वाचन नजिकिदै गर्दा दुई जवरजस्त कांग्रेसीमाझ चिरपरिचित र राम्रै स्थान बनाएका व्यक्तिहरुको थप उमेदवारी घोषणाले व्यास नगरको वातावरण झन् तताईरहेको छ भने आफुलाई विजयी भएको माला पहिर्याउन आतुरहरुलाई मोहन कुमार श्रेष्ठ र बेकुण्ठ नाथ मिश्रको उमेदवारीले ठुलो चुनौति थपिएको छ । नगरको अधिवेशनको मुखमा जिल्ला हुदै केन्द्रमा राजनिती गरेर गुट बनाउने केन्द्रिय तथा स्थानिय नेताहरुलाई जम्बो संख्यामा रहेका यी आकांक्षीहरुलाई भागवण्डा मिलाउन हम्मेहम्मे पर्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्