नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी लम्जुगंको दोर्दीमा ६५ जना नेकपा एमाले प्रवेश

  • ख-
  • ख+

लम्जुगं । लम्जुगं जिल्लाको दोर्दी गाउंपालिका वडा नं. ६ ढोडेनीमा भएको राष्ट्रिय युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ६५ जनाले नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले लमजुङका नेता जमिन्द्र मान घलेको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा उहाँहरुले देशको सम्बृद्धि र विकासको लागि नेकपा एमाले बाहेक कसैले नसक्ने भएकोले उक्त पार्टीमा प्रवेश गरेको बताउनुभएको थियो ।

कार्यक्रममा दोर्दी गाउंपालिका लमजुङ ढोडेनी वडा नं. ६ का वडा भेलामा राजन तामाङको अध्यक्षतामा ३७ सदस्यिय राष्ट्रिय युवा संघ नेपालको वडा कमिटि पनि गठन गरिएको थियो । उक्त नव कमिटिलाई राष्ट्रिय युवा संघ नेपाल लमजुङ जिल्ला संयोजक ऋषि वस्नेतले सपथ ग्रहण गराउनुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिव गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरूङ बिशेष आतिथिको रुपमा र राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य गण्डकीका युथ फोर्स प्रमुख हरी लम्साल लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि घले, बिशेष अतिथि गुरुगं, अतिथि लम्साल लगायतका महानुभावहरुले नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग पार्टी प्रबेश गर्नुृभएका महानुभावहरुलाई स्वागत तथा नवगठित वडा कार्य समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?