तनहूँ सेवा समाज युएईले मनायो तेश्रो बार्षिक उत्सब तथा तिज कार्यक्रम

  • ख-
  • ख+

तनहूँ । तनहूँ सेवा समाज युएईले १० सेप्टेम्बर २०२१ शुक्रबारका दिन महिलाहरुको महान पर्व हरितालिका तिज र सस्थाको तेस्रो वार्षिकोत्सव धौक्रुजमा सम्पन्न भएको छ । तनहूँ सेवा समाज युएईका अध्यक्ष सुदिप कार्कीको सभापतित्व उत्तः कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका संरक्षक दिपक खड्का प्रमुख आतिथि र विशेष अतिथिमा NRN UAE का कार्यवाहक अध्यक्ष निरन्जन सिलवाल, गुल्मी सेवा समाज युएईका अध्यक्ष रुद्र थापा एवं लमजुङ सेवा समाज युएइका प्रमुख सल्लाहकार विष्णुलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

सो अबसरमा युएईमा बिभिन्न व्यबसाय गरेर बस्नु हुने मनकारी व्यबसायीहरु, तनहुँ सेवा समाज युएईका खेलकुद संयोजक राजु तिमल्सिना , संस्थाका वरिष्ठ महिला उपाध्यक्ष तथा क्युट लुक्स व्युटी पार्लर की संचालिका श्रीमती कल्पना लामिछाने रिमाल, प्रमुख सल्लाहकार तथा शुभयात्रा ट्राभल्सका संचालक श्री हिरालाल श्रेष्ठ , सल्लाहकार तथा कोशेली ट्राभल्स का संचालक श्री कृष्ण रायमाझी,जिवी होलिडेका संचालक श्री ज्ञानेन्द्र कार्की, सस्थाका संरक्षक श्री दिपक खड्का , आजीवन सदस्य श्री प्रकास थापा तथा युवा संयोजक श्री अम्मर राज पन्थीले कार्यक्रमको लागि प्रायोजन गरेर सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने ७ जना महिला दिदीबहिनीलाई सस्थाका संरक्षक दिपक खड्काले पुरस्कार प्रदान गर्नु भएको थियो । त्यसैगरी क्युट लुक लेडिज सैलुनको तर्फबाट ५ जनालाइ लक्की ड्र मार्फत डिस्काउन्ट गिफ्ट भउचर, शुभयात्रा ट्राभल्सबाट ३ जनालार्इ , कोशेली ट्राभल्सबाट ४ जनालाई तथा जिवी होलीडेजबाट ५ जनालाई लक्की ड्र मार्फत डिस्काउन्ट गिफ्ट भौचर प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाइ मायाको चिनो स्वरूप संस्थाको लोगो अंकित कप उपहार प्रदान गरिएको थियो । कोरोनाको कहरबाट उकुसमुकुस भएका प्रवासमा कार्यरत आफ्ना चेलीबेटीहरुलाई माइती झझल्को मेटिने गरी दर खाएर तीजका गितमा नाचगान गरी भरपुर मनोरन्जन लिईएको तनहूँ सेवा समाज युएईका प्रवक्ता गणेश बस्नेतले बताउनुभएको थियो ।

केक काटेर शुभारम्भ गरिएको कार्यक्रमको संचालन संस्थाका प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठ र डिजे व्यबस्थापन संस्थाका सांस्कृतिक बिभाग प्रमुख शिशिर थापाले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?