कांग्रेसमा तिक्तताः रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठक

  • ख-
  • ख+

काठमाडौं । महाधिवेशनको मिति जति जति नजिकिँदै छ नेपाली कांग्रेसमा संस्थापन र इतर समूहबीच तिक्तता पनि बढ्दो छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एकपक्षीय ढंगले वडा अधिवेशन गरेको भन्दै नेता रामचन्द्र पौडेल समूहले आपत्ति जनाएको छ । देउवाले प्रहरी प्रशासनको आडमा एकलौटी रूपमा वडा अधिवेशन गरेको भन्दै डडेल्धुरा कांग्रेस सभापति कर्ण मल्ल पक्षले अधिवेशन नस्वीकार्ने चेतावनी दिइसकेको छ ।

यसैक्रममा महाधिवेशनलगायतका विषयमा कुराकानी गर्न अहिले कांग्रेस मुख्यालय सानेपामा पौडेल समूहको भेला सुरु भएको छ । पौडेल समूहले अधिवेशनहरूको समीक्षा गर्न आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक राखेको हो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह हेसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेताहरू सहभागी हुँदैछन् । पौडेल समूहका एक नेताका अनुसार देउवा समूहले चालेका कतिपय कदमको समीक्षा गर्दै भावी रणनीति बनाउन बैठक राखिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्