व्यास नगर सभापतिका आकांक्षी को कति पानीमा ? भुईको टिप्न खोज्दा पोल्टाको पोखिने छैन नेतृत्वलाई डर

  • ख-
  • ख+

”पेलानमा परेर सहमतिमा कसैलाई छोड्यौ भने तपाईले डराएर मैदान छोडे भन्ने नसोच्नुहोला, नगरको चुनाव त सानो गौडा हो, यस्मा हामी पेलानमा पर्यौ त के भो ठुलो गौडामा हात्तिलाई धाप मार्न पाईन्छ भनेर हामी पछाडि हटेका पनि हुन सक्छौ है !

तनहूँ । नेपाली कांग्रेसको केन्द्रमा जसरी क्रियाशील सदस्यता विवाद भईरहेको छ गाउँ नगरको विवाद पनि त्यो भन्दा कत्तिपनि कम रहेको छ , कतै म क्षेत्रिय प्रतिनिधि आउन पाईन भन्ने कार्यकर्ताको घुर्कि कतै नगर सभापति को हुने भन्ने विवाद । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन निष्पक्ष हुने आशंका गरिरहदा रहदै देशका धेरैजसो स्थानमा वडा अधिवेशन सम्पन्न भईसकेको छ । रोकिएन भने अब त तोकिएको मितिमा नै गाउँ नगरदेखि माथिको नेपाली कांग्रेसको अधिवेशन हुने पक्का भएको छ ।

लामो समयदेखि नै नेका व्यास नगरमा पनि नगर सभापतिको चर्चा चलिरहेको छ र सभापतीको उमेदवाररुको रुपमा प्रस्तुत गर्नेहरुको जमात ह्वात्तै बढेको छ । आकांक्षीहरुले आफुलाई एकसेएक योग्य, व्यासनगरलाई हाँक्न सक्ने बताईरहेपनि आउनुस् नेका व्यास नगर सभापतीका बारेमा अलिकति बुझ्ने प्रयाश गरौ ।

लामो समयदेखि आफुलाई नेका व्यास नगरको सभापतीको आकांक्षी बताईरहनुभएका डम्बर बहादुर अधिकारी युवा जोश र जाँगरले भरिपूर्ण व्यक्ति हुदाहुदै अधिकारीको दोष भनेकै नेपाली कांग्रेसका मानिसहरुले नै उहाँहरुलाई कुनै एउटा गुटको मात्र कार्यकर्ता मान्दछन् भने युवा जोश , हकि स्वभाव उहाँको लागि घातक बन्ने प्रवल सम्भावना रहेको छ । उहाँको वडाका धेरैजना आकांक्षी हुनु नै उहाँको लागि अर्को घातक बन्नसक्ने सम्भावना पनि रहेको छ ।

त्यसैगरि २ कार्यकाल नेका का नगर सचिव, व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष मोहन कुमार श्रेष्ठलाई पनि मानिसहरु क्षमतावान् मान्छेको रुपमा प्रशंसा गर्दछन् तर युवा जोश र जुनसुकै नेता होस् वा कार्यकर्तासग आफ्नो कुरा प्रष्टसग राख्ने स्वभावले गर्दा वर्तमान् नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु मोहन कुमार श्रेष्ठको ईच्छामा तगारो बन्न सक्छन् फेरि सम्भावना भएको मानिसलाई तलबाट उठ्नै नदिने नेपाली कांग्रेसको खानदानी रोग नै रहेको छ । कार्यकर्ता बटुल्न सिपालु, निडर,राजनितिमा पनि सेतोलाई सेतो र कालोलाई कालो भन्न रुचाउने स्वभावका श्रेष्ठ गुटगत रोगको शिकार हुने प्रवल सम्भावना रहेको छ ।

अब कुरा गरौ बैकुण्ठनाथ मिश्रको , व्यापारीक पृष्ठभुमिको भएको कारणले हुनसक्छ मानिसहरु बैकुण्ठनाथ मिश्रले कसैलाई पनि बिझाउने काम नै गर्दैनन् भन्ने गर्छन् । उहाँको त्यहि स्वभाव नै तगारो बन्ने प्रवल सम्भावना रहेको छ । कुनै गुटमा कस्सिएर राजनिती नगर्नु , नेपाली कांग्रेसको समर्थक भएपनि नेताको चाकडि गर्दै निवास निवास नदौडनु, पार्टीको लागि उग्र राजनिती नगर्नु , राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु र उद्योग वाणिज्य संघको निर्वाचनमा हाईकमाण्डको निर्देशन नमान्नु नै उहाँको प्रमुख कमजोरी रहेको छ । यस्तो बानीले राजनितीमा अगाडि बढ्न नदिने प्रवल सम्भावना रहेको छ ।

पेशाले अस्पताल संचालक हालका नगर सचिव चुडामणी दाहाललाई पनि मानिसहरु कुनै गुटमा कस्सिएर नलाग्ने, सबैलाई राम्रो व्यवहार गर्न मन पराउने मानिसको कोटामा राख्ने गर्दछन् जुन कुरा व्यासनगरको चुनावमा महंगो पर्ने देखिन्छ भने उहाँको वडाका धेरै आकांक्षी हुनु पनि उहाँको लागि सभापतिको पद पाउनु फलामको च्युरा बन्ने लगभग निश्चित नै रहेको छ।

नेपाली कांग्रेसको क्षेत्रिय सचिव हुदै व्यास नगरपालिका वडा नंं. १० का अध्यक्ष तुलसीराम सापकोटालाई पनि क्षेत्रतिर नै बस्न कर गर्ने र नगर सभापतिमा आउन नदिने निकै जोरबलले पनि उहाँलाई व्यास नगरको सभापति हुन गारो नै पर्ने देखिन्छ । जनप्रतिनिधी भएको नाताले स्थानिय निकाय र कुनै बिशेष गुटसगको उहाँको निकटताले पनि उहाँलाई सर्वसम्मत हुन नदिने र जित्न नदिने प्रवल सम्भावना रहेको छ । फेरि राम्रो जनमत र सम्भावना भएको उमेदवार हुदाहुदै पनि अर्को समुहबाट ”तुलसीजी आँट गर्नुस् चुनाव लड्नुस् तपाईलाई जिताउने जिम्म हाम्रो भयो” भनेर भन्दा पनि आँट गर्न नसक्नु उहाँको लागि अर्को प्रत्युपादक बन्ने लगभग निश्चित रहेको छ । चुनावमा जानै पर्यो भने जित्न सक्ने उमेदवारको रुपमा सबैको नजर उहाँतिर नै रहेको छ, कि आँटले खान्छ कि ढाँटले खान्छ भन्न नसक्नु पनि कमजोरी रहेको छ ।

ट्रेड युनियन कांग्रेस तनहूँका अध्यक्ष सूर्यचन्द्र हड्खले नगर सभापतिको उमेदवारको आकांक्षी बनेसँगै धेरैले सम्भावित नगर सभापतिको कल्पना गरेका छन् । भर्खरै विद्यालयको प्र अ बाट सेवा निवृत्त भई सभापति बन्न खोजेको भन्दै उहाँलाई थुम्थुयाउने प्रवल सम्भावना रहेको छ साथै ट्रेड युनियन कांग्रेसमा अझ सक्रिय बनाउन पनि हड्खलेलाई मनाउने सम्भावना पनि नर्कान सकिदैन । वडा नं. १ मा धेरै आकांक्षीहरु हुनु पनि हड्खलेको लागि अर्को माईनस पक्ष रहेको छ । तर दमौलीको मिडिया भिलेज नजिकैको र बोहोराटारतिरको आर्शिवाद नै हड्खलेको सबैभन्दा बलियो पक्ष रहेको छ । यी दुईतिरको आर्शिवाद पाईन्जेल अन्य सबैभन्दा हड्खले बलिया देखिने पक्का छ ।

राजनितीमा नयाँ र कार्यकर्ता माँझ चिरपरिचित नहुनु नै ईन्जिनियर हरिदत्त पौडेल कमजोर पक्ष रहेको छ जुन कुराले उहाँहरुलाई सभापतिको पदमा पुग्न अवश्य पनि वाधा पुर्याउने देखिन्छ ।


डाक्टर शेषरमण न्यौपानेको पनि कमजोरी भनेकै सेवानिवृतपछि राजनितिमा आउनु नै रहेको छ । तर पछिल्लो समय वडाको उहाँहरुको दौडधुप लोभलाग्दो रहेको छ । तर नेपाली राजनितिमा वौद्धिक मानिसलाई आउनै नदिने परम्पराबाट न्यौपाने मुक्त सक्ने सम्भावना अत्यन्त न्युन रहेको छ । फेरि नेपाली कांग्रेसका कार्यकर्ता वौद्धिकभन्दा पनि आफुजस्तै नेता चाहान्छन् त्यसैले पनि न्यौपानेको नेपाली कांग्रेसको व्यास नगर हुने सम्भावना अत्यन्तै कम रहेको छ । तै पनि बलियो गुट समातेको खण्डमा र मिडिया भिलेज नजिकैको र बोहोराटारको आर्शिवाद पाएको खण्डमा उहाँहरुको तालुमा आलु नफल्ला भन्न सकिदैन ।

नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठको चाहनालाई कार्यकर्ता माझ परिचित हुन नसक्ने उहाँको स्वभाव, नेता कम व्यापारी व्यवसायी जस्तो उहाँको आनी बानी वाधक हुने देखिएको छ ।

हालसालै उमेदवारी प्रस्तुत गर्नुभएका प्रतापसिंह गुरुगंको उमेदवारीलाई पनि मानिसले वार्गेनिगंको रुपमा बुझेका छन् । उहाँको उमेदवारीलाई मानिसहरुलाई प्रदेश सांसद भईसक्नुभएकी सरिता गुरुगंले पनि जिल्लामा आफ्नो उपस्थिति देखाउन खोजेको कुरालाई धेरैले अर्थाएका छन् । प्रतापसिंह गुरुगं योग्य हुदाहुदै पनि यस ढिलो उमेदवारीको घोषणाले उहाँलाई घाटा पर्ने देखिएको छ ।

समग्रमा व्यास नगर सभापतिका उमेदवारहरु को योग्य र को अयोग्य जनता तथा कार्यकर्ताले मुल्यांकन गर्लान तर ”हामी पार्टी भनेर फुल टाईम राजनिती गर्नेलाई जताततै सकेर सेवानिवृत भईसकेपछि राजनितीमा पनि भाग खोज्ने त्यसो भए हामी कहाँ जाने त ? ”भन्ने अन्य आकांक्षी तथा कार्यकर्ताको चर्को स्वर रहेको छ । जस्ले गर्दा नगर तथा जिल्लामा आफु बलियो हुन गुटबन्दि बनाएर जिल्लामा डेरा जमाएर बसेका नेता पंक्तिलाई पनि समस्या पर्ने पक्का छ । गुटगत राजनितीमा रमाउने नेताहरुले जस्ले जितेपनि नेपाली कांग्रेसले नै जित्ने हो भनेर स्वतन्त्ररुपमा चुनाव लड्न नछोडिदिने हो भने ” एय ! पद पाउन त नेताको आर्शिवाद मात्र चाहिने रहेछ अरु त केहि गर्नुनपर्नेरहेछ भन्ने सोचको बिकास हुने छ । सहमतिमा नै भागवण्डा भयो भने पनि पदको लागि च्याँखे थापेका रहेछन् नि ”त्यत्रा आकांक्षीहरुले सबैले भन्ने पक्का छ ।

व्यास नगर सभापतिको आकांक्षीहरु जति नै भएपनि व्यास नगरमा नगरका प्रमुख एवं नेपाली कांग्रेस जिल्ला सभापतिका आकांक्षी बैकुण्ठ न्यौपानेको राज चल्ने निश्चित छ । न्यौपाने ईतर समुह अर्थात शंकर भण्डारी र धुर्व वाग्ले समुहले आफ्नो उमेदवार कसलाई अगाडि बढाउनुहुन्छ त्यो हेर्न बाँकि छ तर जो भए पनि बैकुण्ठ न्यौपानेको उमेदवार विरुद्ध मैदानमा जाने उहाँले आँट नगर्ने लगभग लगभग निश्चित नै छ ।
एकजना नगर सभापतिका आकांक्षी भन्नुहुन्छ ”पेलानमा परेर सहमतिमा कसैलाई छोड्यौ भने तपाईले डराएर मैदान छोडे भन्ने नसोच्नुहोला, नगरको चुनाव त सानो गौडा हो, यस्मा हामी पेलानमा पर्यौ त के भो ठुलो गौडामा हात्तिलाई धाप मार्न पाईन्छ भनेर हामी पछाडि हटेका पनि हुन सक्छौ है ! कथंकदाचित हामीले सहमतिमा कसैलाई छोडिदियौ भने त्यसरी बुझिदिनुहोला ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?