दुवईमा जिते तनहूगेंले भलिबल प्रतियोगिताको उपाधि

  • ख-
  • ख+

मिलन चन्द ठकुरी । दुवई ।मनोरञ्जनका लागि खेल स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ बरदुबई भलिबल क्लब र नवलपुर समाजले आयोजना गरेको अन्तरजिल्ला भलिबल प्रतियोगिताको उपाधि तनहूँ सेवा समाज यूएईले जितेको छ । शुक्रबार भएको फाइनलमा स्याङ्जलाई ३।१ सेटले पराजित गर्दै तनहुँले उपाधि जितेको हो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

अन्तर जिल्लास्तरीय प्रतियोगिता भए पनि आयोजक र खेलाडीहरुबीच आपसी समझदारीमा अन्य जिल्लाका खेलाडीहरु पनि टिममा सामेल गरिएको थियो । प्रतियोगिताको उपाधि जित्ने तनहुँ सेवा समाजले १५ सय दिराम, ट्रफी, मेडल र सिल्ड प्राप्त गर्दा दोस्रो भएको स्याङ्जाले १ हजार दिराम, ट्रफी र मेडलमा चित्त बुझायो ।

राजु तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रम संयोजक आशिष कुंवरले सञ्चालन गरेका थिए । विधागततर्फ सबै उत्कृष्ट खेलाडीहरु तनहूँ सेवा समाजका रहेका छन् । बेस्ट प्लेयर मिलन चन्द ठकुरी, उत्कृष्ट लिफ्टर घनश्याम गुरुङ (गन्नु) ,उत्कृष्ट स्पाइकरमा निर्मल शाही ठकुरी र बेस्ट डिफेन्डर स्याङ्जाका दिपक तामाङ बन्न सफल भए ।

तनहूँ सेवा समाजको कप्तानी भरत थापाले गरेका थिए भने अन्य खेलाडीहरुमा नेपाल मा चिरपरिचीत मिलन चन्द ठकुरी, शिब श्रेष्ठ, घनश्याम गुरुङ (गन्नु) को तनहूँबाट युएईमा डब्लु गरेका थिए यस्तै गरि निर्मल शाही ठकुरी , भुपेन (काजी) क्षेत्री, बिसन घर्ती र बिरेन्द्र ठकुरी थिए । टिम प्रशिक्षकमा देब शाही ठकुरी रहेका थिए भने टिम म्यानेजरको भूमिकामा तनहुँ सेवा समाज खेलकुद विभाग प्रमुख राजु तिमिल्सिना रहेका थिए । प्रतियोगितामा टिम कोर्डिनेटरहरुको भूमिका अपिल भट्टराई, राजु श्रेष्ठ, खड्क भुजेल लगायतको उपस्थिति रहेको थियो ।
तनहूँ सेवा समाजबाट प्रतिनिधित्व गर्ने खेलाडिहरुको नामावली यसप्रकार रहेको छ:

भरत थापा (टिम क्याप्टेन ) मिलन चन्द ठकुरी, निर्मल शाही ठकुरी, शिब श्रेष्ठ, घनश्याम गुरुङ (गन्नु),भुपेन (काजी) क्षेत्री, बिसन घर्ती, र बिरेन्द्र ठकुरी ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्