तनहूँ । व्यास नगरपालिका र डिभिजन वन कार्यालय तनहूँको सहकार्यमा तनहूँको व्यास नगरपालिका वडा नं. ३ मा वृक्षारोपण गरिएको छ । व्यास नगरपालिकाद्धारा हालसालै निर्मित खुल्ला चौरभित्रको पार्कमा म्यागोंस्टिम विरुवा रोपिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल । व्यास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत डिल्लीराम सिग्देल, डिभिजन वन कार्यालय तनहूँका प्रमुख डिई कोमलराज काफ्ले लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा अतिथिहरुले दमौली बजारको सुन्दरता बृद्धि गर्न यो वृक्षारोपण कार्यक्रम लाभदायक हुने बताउनुभएको थियो ।









