नेपाली कांग्रेसलाई जुझाँरु बनाउन मेरो उमेदवारीः विनोद खनाल सभापति उमेदवार नेका म्याग्दे

  • ख-
  • ख+

तनहूँ । पार्टीलाई जुझाँरु एवं सकृय बनाउनको लागि युवा पुस्ता तथा राजनितिलाई नै आफ्नो कर्म बनाएका व्यक्तिहरुले पार्टीमा स्थान पाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला तनहूँ जिल्लाको म्याग्दे गाउँपालिकाको नेपाली कांग्रेसको सभापति पदमा जुझाँरु एवं चिन्तनशिल व्यक्तित्व विनोद खनालले उमेदवार बन्ने लक्ष्य बनाउनुभएको छ । निकै अगाडि देखि नै आफुलाई म्याग्देको सभापतिको उमेदवारको रुपमा प्रस्तुत गर्नुभएका खनालले सर्वज्योतिसगको सम्वादमा ”हामी युवा पुस्ता नेतथृत्वमा आएन युवा पुस्ता नेतृत्वमा आएन भनेर भनिरहदा युवालाई नेतृत्व दिन कोहि तयार नहुने, पार्टी पंक्तिमा पनि सामाजिक संघसंस्थादेखि , सुविधाका पदहरुमा पनि एकैजनाले मात्र मैले नै पाउनुपर्छ भन्ने संस्कारको बिकास भईरहेको हुनाले पनि पार्टी शुद्धिकरणको लागि आफ्नो उमेदवारी रहेको ” बताउनुभएको छ साथै उहाँले ”नेपाली कांग्रेस सिद्धान्तमा कमजोर छैन तर कम्युनिष्टहरुको उग्र नारा र कांग्रेसले आफुलाई जनतामाझ सहि रुपमा प्रस्तुत र्न नसक्दा देशको बिकास र परिवर्तनको संवाहक हुदाहुदै पनि ओझेलमा परेको हो तर अब म्याग्देमा आफु सभापति भएर आएपछि त्यो नदोहोरिने” बताउनुभएको छ । निर्वाचनमा जानुभयो भने जित्नुहुन्छ त भन्ने प्रसंगमा म आफु जित्नभन्दा पनि कांग्रेसलाई जिताउन लागेको हुनाले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ ।
म्याग्दे गाउँपालिकामा सभापति पदको विनोद खनाल सहित ४ जना आकांक्षीहरु हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्