नेबिसंघका पूर्व का.वा. सभापति उत्तमको महाधिवेशन प्रतिनिधिमा उमेदवारी

  • ख-
  • ख+

तनहूँ । नेबिसंघका पूर्व कार्यवाहक सभापति उत्तम मिश्रले नेपाली कांग्रेसको निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिनुभएको छ । तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं. १० निवुवाटारीका मिश्रले तनहूँ जिल्ला क्षेत्र नं. १ बाट उमेदवार हुने घोषणा गर्नुभएको हो । व्यास नगरपालिका वडा नंं. ११ को बाराही मा. वि. बाट राजनिति शुरु गर्नुभएका मिश्रले काठमाण्डौ सरस्वती क्याम्पस लगायतका क्याम्पसहरुमा नेबिसंघको सक्रिय राजनिति गर्नुभएको छ । लोकतन्त्र र गणतन्त्र प्राप्तिको लागि पटक पटक आन्दोलन गर्दै जेल पर्नुभएका मिश्र नेबिसंघको कार्यवाहक सभापतिको भुमिका पनि कुशलतापुर्वक निर्वाह गरिसक्नुभएको छ ।

‘राजनितिमा ईमान्दारिता र नैतिकताको अभाव भईरहेको बेला नेविसंघको राजनिति गर्दाको अनुभव , पुराना पुस्ताहरुको मार्गदर्शनलाई आत्मासात गर्दै नयाँ सोच र भिजनका साथ कांग्रेसलाई अगाडि बढाउन आफ्नो उमेदवारी रहेको” मिश्रको भनाईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्