तनहूँ प्रहरीद्धारा रक्तदान कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ६६ औँ प्रहरी दिवसको अवसरमा प्रहरीद्धारा जिल्ला प्रहरी कार्यालयको प्रागंढमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त अवसरमा नेपाली प्रहरी , नेपाली सेना, सशस्त्र प्रहरी र सर्वसाधारणहरुले रक्तदानले रक्तदान गर्नुभएको थियो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एस् पि दिनेश मैनालीले रक्तदान सबैभन्दा ठुलो दान भएकोले सबैको लागि रक्तदान गरिएको बताउनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एस् पि दिनेश मैनालीले रक्तदान गरेपछि शुरुभएको कार्यक्रममा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्