व्यास नगरपालिका क्षेत्रमा खेतियोग्य जग्गाको प्लटिगंले पारेको प्रभाव

  • ख-
  • ख+

तनहूँ । हेर्दा चटक्क परेको चारपाटे घडेरी, जग्गासम्म पुग्न कच्ची बाटो भएपनि प्लटिगंमा पुगेपछि पिचै पिच, नजिकै वनमा चराचुरुगींको चिरविर चिरविर, उत्तरतिर हेर्यो हिमाल, पूर्वतिर छिटफुट बस्ति दक्षिण पश्चिममा घना जंगल झन् आफ्नो घडेरी भएको प्लटिगंमा सधै टिकटक बनाउनेको भिड । टिकटकमा सारै पपुलर छ सुशिल पराजुलीको घडेरी भएको प्लटिगंक्षेत्र । यति सुन्दर ठाउँमा घर बनाएर बसुँ भन्ने कस्लाई लाग्दैन र त्यसैले सुशिल पराजुली घर बनाउन स्विकृति लिनको लागि व्यास नगरपालिका पुग्दा तर नगरपालिकाका प्राविधिकले “तपाईले घडेरी किनेको प्लटिगं नगरपालिकाबाट स्विकृति नलिईकन बनाएको हो त्यहाँ हामी घर बनाउन स्विकृति दिन सक्दैनौ ” भनिदिनुभयो ।
व्यास नगरपालिका वडा नं. १० को कोरियन प्लटिगं नामले परिचित प्लटिगंमा घडेरी किन्ने सुशिल पराजुली ( नाम परिवर्तन ) यतिबेला बिलखबन्दमा हुनुहुन्छ । दलालको मिठा कुरा र राम्रो ठाउँ देखेर घडेरी खरिद गर्नुभएका उहाँ यतिवेला रुँनु न हाँस्नुको पिडामा हुनुहुन्छ । “स्थानिय दलाललाई फोन गर्यो फोन उठ्दैन जग्गावाला साहुजीलाई फोन गर्यो बल्ल बल्ल एक दुई पटक उठ्यो तर दरो खप्की खानुपर्यो , ठुलो मान्छे उस्का कुरा सुनेर अब त फोन गर्न पनि डर लाग्न थाल्यो । ” कान्ति उडेको अनुहार र हार खाएको भावमा नाम नछाप्ने सर्तमा उहाँ बताउनुहुन्छ ।
प्लटिगंमा घडेरी किनेर रुँनु न हाँस्नु बन्ने शुसिल मात्र होईन् आफ्नो खेतियोग्य जमिन घडेरी बेचेर पैसा कमाउने निहुँमा दलाल पल्काएर रोएका थुपै मानिसहरु व्यास नगरपालिका वरपर देख्न र भेट्न पाईन्छ ।

जग्गावालालाई अनेकन लोभ देखाएर अलिअलि बैना दिएर जग्गा आफ्नो नाममा पास गर्ने र खेतियोग्य जग्गा खरिद गरेर प्लटिगं गर्ने, प्लटिगं गरेपछि पैसा फल्छ भनेर सोझसाझ गाउँलेलाई फकाउने दलालहरु गाउँदेखि जताततै जस्तै व्यास नगरपालिकाक्षेत्रमा परिचालित रहेका छन् खेतमा ढुगां माटोको थुप्रोः पुथ्वी राजमार्ग वरपर खेत मासेर प्लटिगं गरेको अवस्थामा ढुगांमाटो थुपारेको दृश्य जताततै देखिन्छ व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले सार्वजनिक समारोहमै “ पोखरेलीहरुले यहाँका खेतियोग्य जग्गाका मालिकहरुलाई अनेक लोभ लालच देखाएर जमिन हत्याएर प्लटिगं गरेर विचल्ली बनाएका छन् सर्तक रहनुहोला है ! ” भन्नुभएको थियो तर पनि व्यास नगरपालिकाक्षेत्रका खेतियोग्य गैरी खेत, खेत , पाखो बारीको प्लटिगं गर्ने कार्य भने रोकिएको छैन । किन्ने र बेच्नेको भिड मालपोत कार्यालयमा अझ पनि लागेको लाग्यै छ ।
पृथ्वी राजमार्गका टेउछाउमा भएका लहलह धान झुल्ने फाँटहरुमा आज सिमेन्टका जंगलहरु उम्रेको देखिन्छ । काठमाण्डौतिरबाट दमौलीतिर केहि बर्षपछि कोहि मानिस भ्रमण गर्दैछ भने अचम्म मान्नुपर्ने दृश्य देख्न पाउछ । पृथ्वी राजमार्गको उत्तरतिर बुल्दि खोलाले सिचाँई हुने घाँसिकुवाका खेत, अमे्रनीतिरका खेत, बुल्दितिरका खेत, तालघरेका खेत, सिमलटार बिर्ताको बाँघले सिचाँई हुने खेत, सिमलटारका खेत, बागभन्ज्यागं तल बुल्दिको पुलमाथिका खेत, मालेबगर, करगंकाठका हिजोको लहलह धान फुल्ने फाँटभरि घरभरिएका छन् , कतै घर नभरिएपनि प्लटिगंले माटो हालेर पुर्दैछन् ।

“ बाबु उहिल्यै पो खेति किसानी गरिन्थ्यो, आफ्नै खेतवारीको खाईन्थ्यो , अहिलेका केटाकेटी एउटा घडेरी बेचेर कि कार नभए मोटर साईकल चढ्ने भन्छन् , आफुले उब्जाएको खानुभन्दा बेसाहेको किनेर खान गर्व गर्छन् अनि हामी बुढाबुढी के गर्ने ?” आफ्नो खेत प्लटिगंको लागि दिनुभएकी धनमाया दरै बताउनुहुन्छ ।
व्यास नगरपालिकामा राजमार्गका छेउछाउमा डुल्दा सयौ रोपनी खेतियोग्य जग्गा प्लटिगंका नाममा नष्ट गरिएको छ भने डाडाँकाडा भित्री वस्तिमा पनि जग्गा धनिलाई अलिकति पैसा दिएर जग्गा पास गर्ने अनि बैकमा बढि मुल्यांकन गराएर पैसा झिक्ने र फरार हुनेहरुको लिष्ट त निकै लामो रहेको छ । “के गर्ने त अब निकै मिठो कुरा गरे लाखौ पैसा सर्लक्कै गन्नेले केहि लाख के नदेला भनेर जग्गा पास गरिदिए , उस्ले प्लटिगं गर्यो आज न आफ्नो जग्गा छ न हातमा पैसा छ खेति गरेर खान त कहाँ पाउनु ? दलालबाट पैसा उठाई पाउँ भनेर मुद्धा लड्दा लड्दा थाकेको छु , पैसाको लोभमा बेचियो आज त खेति गरेर खाने ठाउँ पनि बचेन ” प्लटिगंलाई जग्गा बेच्दा पैसा नदिएर ठगिन पुग्नुभएका व्यास १० का एक व्यक्ति आखाँभरि आँशु लिदै भन्नुहुन्छ । “दलालले निकै मिठो सुनेर पुरै पैसा नलिईकन जग्गा पास गरिदिए । मसग किनेको भन्दा ४ गुण बढि मुल्यांकन गरेर महालक्ष्मी बैकमा घितो राखेछ र फरार छ छोराछोरीलेगाली गरेर आफ्नो विचल्ली छ ।” उहाँको भनाई रहेको छ । वहाँजस्ता दर्जनौ मानिसहरु व्यास नगरपालिका तथा अड्डा अदातल धाईरहेका छन् ।

“खेतियोग्य जमिन समथर जग्गा मासेर प्लटिगं गरिरहदा मानिसले नजाँनिदो किसिमबाट प्रकृतिलाई धेरै ठुलो चोट पुर्याईरहेको छन् । खेतीवारीमा रुख विरुवाहरु हुने हुदाँ वातावरणको लागि प्रतिकुल हुने गर्दथ्यो भने प्लटिगं गरेर माटो, बालुवा र सिमेन्टमात्र थुप्रिदा वातावरण प्रदुषित हुदै गईरहेको छ भने समथर प्लटिगं देखेर अर्को तर्फ बाढि पहिरो जानु प्लटिगंको पनि हात रहेको छ । प्लटिगंको नाममा खेतवारीहरु सम्याउदा बर्षाको समयमा ति प्लटिगंका माटोहरु बगेर खोला तथा खोल्सीमा बाढिको चाप बढ्ने गरेको ” कुरा पनि नगरपालिकाका प्राविधिकहरु बताउनुहुन्छ ।
प्लटिगंले मुख्य समस्या त कृषि उत्पादनमै गरेको कुरा कृषि ज्ञान केन्द्र तनहूँका बाली संरक्षण अधिकृत केशवचन्द्र बगालेले बताउनुभएको छ । उहाँका अनुसार “वास्तविक डाटा नभएपनि व्यास नगरपालिका क्षेत्रका हाईवेका ७० देखि ८० प्रतिशत खेतीयोग्य जमिनमा प्लटिगंको नाममा कसैन कसैले ओगटेर प्लटिगं गर्ने वा गिट्टी, ढुगां , माटो थुपार्ने काम गरेको छ भने पाखो अलि कम ३० देखि ३५ प्रतिशतको हाराहारीमा प्लटिगं गरिएको छ भने त्यति कै हाराहारीमा बाँझो रहेको छ । उब्जनीयोग्य खेत प्लटिग गर्दा कृषि उत्पादन कम भएको कारणले अन्नवाली, तरकारी लगायतका कृषि उत्पादन किन्नु परेको छ भने खेतमा सिचाई गर्न बनाईएका कुलोहरुमा सरकार तथा किसानले गरेका करोडौको लगानी खेर गएको छ । ” उहाँ अगाडि भन्नुहुन्छ “मानिसहरु अहिले महगोंमा द्धडेरी बेचे पैसा पारे भनेर गैरी खेत टुक्राटुक्रा पारेका छन् केहि बर्ष पछि विदेशबाट आयात हुने कृषि अउत्पादनको भाँउ बढेर थाप्लोमा हात राख्नुभन्दा केहि उपाय हुने छैन ।”

“अस्पष्ट सरकारी निति, प्लटिगं गर्दै जग्गा बेचेर धनि बन्ने चाहानाले गर्दा खेतियोग्य जमिन मासिदै गर्दा आउदाँ दिनहरुमा व्यास नगरपालिकाका जनताहरु कृषि उत्पादनको लागि अरुको भर पर्नुपर्ने पक्का छ प्लटिगंले पारेको ” विनाशलाई नजिकबाट नियालिरहनुभएका राजेन्द्र मिश्रको भनाई रहेको छ । “अब पनि व्यास नगरपालिकाले सयौ रोपनी जग्गामा प्लटिगं गर्दा देखेपनि नदेखे झै गरेर बसिरहने हो भने केहि बर्ष पश्चात व्यास नगरपालिकामा पनि लहलह धान फल्ने खेतहरु थिए नि भन्ने दिन आउनेछ भने अरब तथा मलेसियामा कमाएको पैसा कृषि उत्पादन खरिद गर्दा सबै विदेशीनेछ । ” पनि उहाँ अगाडि बताउनुहुन्छ ।
सरकारको स्पष्ट निति नबन्दा कृषि क्षेत्र, बसोवासक्षेत्र नतोक्दा कृषि योग्य जमिन विनाश गर्ने मनसायले प्लटिगं भईरहेका छन् तिनले जग्गावालालाई त केहि आर्थिक लाभ दिएको होला तर समग्र समाज र देशलाई अपुरणिय क्षति पुर्याएको तर्फ कसैको ध्यान गएको छैन ।

व्यास नगरमा अव्यवस्थित रुपमा भईरहेका प्लटिगंले वातावरण प्रदुषित बनाउने, कृषिमा परनिर्भर बनाउने, कमाई घर तथा मुलुकबाट बाहिरिने, प्लटिगं गर्ने नाममा आउने मानिसहरुबाट ल्याईने विकृतिबाट समाज तथा परिवार पिडित हुने, जग्गा बेचेको पैसाले परिवार तथा समाजमा नजानिदो किसिमबाट विकृति विसंगति बढ्ने, प्लटिगंका नाममा डोजर, एक्साभेटर, टिप्परहरुको ओहोर दोहोरले गर्दा गाउँलेको श्रमदानमा योगदानमा बनेको सडक बिग्रने, प्लटिगंले निर्वाधरुपमा खोला खोल्सि, पानीका मुलहरु पुर्दा भविष्यमा पानीको अभाव हुने, प्लटिगंले गर्दा बाढिपहिरोको समस्या आउने, प्लटिगंमा बिशेषत चुल्ठे, मुन्द्रेहरुको हालिमुहाली हुने हुदाँ उनीहरुले गरेको गल्तीमा समाज केहि बोल्न नसक्ने हुनाले पनि व्यास नगरपालिकामा भईरहेका प्लटिगंले शहरिकरणभन्दा पनि बढि विकृति बिसंगती, वातावरण प्रदुषित बनाउनु र कृषि उत्पादनमा अपुरणिय क्षति पुर्याईरहेका छन् ।
प्लटिगंमा केहि घरहरु निर्माणको क्रमले व्यास नगर घरै घरहरुको नगर त बन्ला तर चाडै नै कुरुप नगर बन्ने , कृषि उत्पादनको प्रयोगको लागि पूर्णत अरुहरुको भर पर्नुपर्ने पक्का छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?