सतिस्वाँरा मिर्लुङ्ग सेवा समाज कतार र गाउँ सेवा समाज काठमाडौद्धारा राहत वितरण

  • ख-
  • ख+

तनहूँ । सतिस्वाँरा मिर्लुङ्ग सेवा समाज कतार र गाउँ सेवा समाज काठमाडौको सयुक्त आयोजनामा राहत वितरण गरिएको छ । भानु नगरपालिका वडा नं. १२ आहालेमा दशै तिहार २०७८ को अवसरमा विपन्न , एकल एवं अपाङ्गहरुलाई राहत वितरण गरिएको छ । उक्त कार्यक्रममा आहाले केन्द्रबाट सतिस्वाँरा मिर्लुङ्ग सेवा समाज कतारको तर्फबाट १० जनालाई ५ हजार रुपैयाका दरले र गाउँ सेवा समाजको तर्फबाट २० जनालाई ३ हजार रुपैयाका दरले राहत वितरण गरिएको थियो। कतारको संस्थाबाट पुर्व उपाध्यक्ष याकुबदिन मिया, कोषाध्यक्ष रामचन्द्र अधिकारी, सहसचिव सुमन पाण्डे क्षेत्री, पुर्व सल्लाहकार विवेक गोतामे, युवा समाजसेवी धर्मराज अधिकारी एवं Manjul Shiekh ऐतिहासिक कालिका मन्दिर पुनःनिर्माण पवित्र महाअभियानका सामाजिक अभियन्ता नविन बाबु क्षेत्रीको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको संचालन एवं सहजीकरण रामकृष्ण रायमाझी र बेलबहादुर अधिकारीले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्