तनहूँ / गोरखाबाट पोखरा जादै गरेको बसबाट खसेर एक युवक घाईते भएका छन् । तनहूँ जिल्ला म्याग्दे गाउपालिका वडा नं ७ निवासी बर्ष १६ का सोनम थापा ना.५ ख ४६७ नम्बरको बसबाट म्याग्दे गाउपालिका वडा नं ४ थर्पुमा खसेका हुन् । ढोकाबाट खसेर घाईते भएका थापालाई म्याग्दे पोलिक्निकमा उपचार गरि पोखरा पठाईएको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।








