मानहूँकोटमा बिहानै माईक्रो खस्यो, १ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । कास्की जिल्लाको मजुवाबाट तनहूँ दमौलीको पर्यटकिय स्थल मानहूँकोट अवलोकन गर्न आएका पर्यटकहरु चढेको ग १ ख २९४२ नम्बरको हायस माईक्रोबस बिहान साढे चार बजे ( बिहान ४ः३० बजे ) व्यास नगरपालिका वडा नं. ५ मानहूकोट नजिकै खसेर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बिहान सूर्योदयको दृश्य अवलोकन गर्न गएका पर्यटकहरु बोकेर गएको माइक्रो पिच बाटो सकिएपछि कच्ची बाटोमा अगाडि बढ्दै गर्दा व्याक भएर ६ सय मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख रेशम रानाभाटले बताउनुभएको छ । माईक्रोबसमा यात्रारत १४ जना मध्ये घाईते ५ जनाको दमौलीको अस्पतालमा उपचार भईरहेको छ ।

( तस्विरः सविन लामिछाने)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?