वेदव्यासको मुर्ति निर्माणका लागि स्व.अभिमन्यु प्रधान र उहाँकी श्रीमतीको स्मृतिमा १ लाख ८ हजार रुपैया प्रदान

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा निर्माण गर्न लागिएको भगवान् वेदव्यासको १०८ फिटको विराट मुर्ति निर्माणको लागि स्वर्गीय अभिमन्यु प्रधान , र शान्ता प्रधानका सन्तानहरु छोरा डक्टर सन्जिव प्रधान र बुहारी डक्टर स्मृति प्रधान, छोरा डक्टर राजु प्रधान, बुहारी डक्टर शिखा प्रधान, छोरीहरु मिना, सुनिता विनिता र नम्रताले १ लाख ८ हजार रुपैया प्रदान गर्नुभएको छ ।
दमौलीमा आयोजित भगवान् वेदव्यासको १०८ फिटको विराट मुर्ति निर्माणको सिलन्यास कार्यक्रममा वहाँका कान्छा छोरा डक्टर सन्जिव प्रधानले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र व्यास क्षेत्र शिव पन्चायन बिकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
दमौलीमा १ सय ८ फिटको व्यासको मुर्ति निर्माण हुन लागेको र दमौलीमा बसेर समाजसेवा गर्नुभएका बुबा आमाको नाममा रकम दान गर्न पाउदा आफुलाई गौरब लागेको डक्टर सन्जिव प्रधानले बताउनुभएको थियो ।

स्वास्थ्य सेवाको माध्यमबाट तनहूँबासीलाई सेवा पुर्याउनुभएका स्वर्गिय अभिमन्यु प्रधान व्यास नगरपालिका वडा नं. २ सफासडकको वासिन्दा हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?