व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने मलाई औधी मनपर्छ

  • ख-
  • ख+

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेसर मलाई मन नपर्ने कारण नै छैन किनकी म पात्र विरुद्ध होईन प्रवृत्ति विरुद्ध लेख्ने मान्छे मसग कुनै द्धैष नै छैन , मसग कुनै लोभ लालच नै छैन, मसग कुनै कुण्ठा नै छैन न त मेरो उहाँसग कुनै गुनासो नै छ ।

तनहूँ । २ पांग्रे र ४ पांग्रे सवारी साधनभन्दा ११ नम्बरको सवारी प्रयोग गर्न मन पराउने म एकदिन दमौली बजारमा टहलिदै पत्रिकाको कार्यालयतिर लम्किदै थिए अगाडिबाट तनहूँ कांग्रेसका एकजना नेता दलबलसहित मतिर आउदै हुनुहुदोरहेछ । नेपाली कांग्रेसको वडा अधिवेशन, नगर अधिवेशन, जिल्ला अधिवेशन लगायतका अधिवेशनहरु आएकोले दलबल सहित हिड्नुलाई मैले अन्यथा पनि सोचिन । जब परबाट आउदै गर्नुभएका नेताज्यूको नजर टाढैबाट ममाथि पर्यो उहाँ मुस्कुराउन थाल्नुभयो । उहाँको मुस्कानमा ठलो जिज्ञासा लुकेको मैले बुझेको थिए र मैले पनि टाढैबाट मुस्कानको जवाफ मुस्कानबाट नै फर्काए । अलि वर आईसकेपछि मैले नमस्कार गरे उहाँले नमस्कार फर्काउनुभयो र भन्नुभयो माधबजीलाई मैले निष्पक्ष कलम चलाउने पत्रकार भनेको थिए तर … उहाँको भनाई पुरा नहुदै मैले ओभरटेक गरिहाले र भने ”सर कहिले्काहि त मनको कुरा पनि लेख्न सकिन्छ नि, फेरि म निष्पक्ष पत्रकार भन्दैमा कस्लाई को मन पर्छ को मन पर्दैन भन्ने मलाई के मतलब ?” मेरो जवाफले उहाँ मज्जासग हाँस्नुभयो र भन्नुभयो ”तपाईलाई थाहा छ नि उहाँले गरेका नराम्रा कामहरु ”उहाँले अनेक विस्तार लगाउनुभयो ‘‘ र यस्तो सुन्दासुन्दै तपाई जत्तिको मान्छे उहाँको सर्पोटमा लेख्न त अलि भएन कि ? ” ” सर मैले पनि तपाईहरु जस्तै मान्छेसग सुनेको छु तर म त पत्रकार प्रमाण नै नभईकन सुनेको भरमा लेख्नु भएन नी, तपाईहरु जस्तो मान्छेले बोलिदिनुस् त झोलामा क्यामरा छ खिच्छु पनि लेख्छुपनि” भने ”ओहो ! माधबजीले त फसाउनुहुन्छ पो क्या हो कसरी बोल्ने हो ? पेलिहाल्छन् मारिहाल्छन् नि ”उहाँले डराउदै भन्नुभयो । मैले भने ” सर तपाई जानेको छु बुझेको छु भन्ने मान्छेलाई त बोल्न डराउने म सुनेको मान्छेले लेखोस् भन्ने तपाईको कस्तो चाहाना ? तपाई मेरो काँधमा बन्दुक राखेर कसैलाई हान्न चाहानुहुन्छ म किन तपाईलाई काँध दिने ? म प्रमाण पाएमात्र लेख्छु सर नत्र मलाई नेपाली कांग्रेस तनहूँका सभापति एवं व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने औधी मनपर्छ” मैले एक सासमा भनिदिए ।
हाम्रो कुराकानीमा बैकुण्ठ न्यौपानेसरको नामले प्रवेश पाउनासाथ हाम्रो कुराकानीको भेउ नपाएका उहाँका कार्यकर्ताले कान टाठो बनाए । हाम्रो कुराकानी केहिदिन अगाडि मैले प्रकाशित गरेको लेख नेपाली कांग्रेस तनहूँको सभापतिमा बैकुण्ठको विकल्प बैकुण्ठ भन्ने लेखमा केन्द्रित थियो । अब मैले धाराप्रवाह दिन थाले ”सर काठमाण्डौमा पत्रकारिता गरेको म केहि बर्ष अगाडि जन्मघर फर्केको, निर्वाचन भयो बैकुण्ठ सर मेयर हुनुभयो बाटोमा हिड्दा म उहाँलाई सर नमस्कार भन्छु उहाँ के छ माधबजी ? भन्नुहुन्छ (ब्रम्हादत्त तिमल्सेनाको अन्तर्वार्ता प्रकाशित भएपछि त्यो टुटेको छ ।) म व्यास नगरपालिकाका समाचारहरु सकारात्मक हुन् कि नकारात्मक हुन् प्रमाण को आधारमा प्रकाशन गर्छु । न म कहिल्यै बैकुण्ठसर भएको ठाउँमा सर मेरो आफन्तलाई जागिर मिलाईदिनुपर्यो भनेर गाछु न कहिल्यै सर यो कार्यक्रममा यत्ति रकम छुट्याईदिनुपर्यो भनेर गाछु , न कसैको सरुवा बढुवामा लौन सर भनेर गाछु ,घर अगाडिको बाटो पिच पहिल्यै भएको थियो त्यसैले बिकास रकम माग्न कहिल्यै गएको छैन, न मेरा गाउँघरका साथीभाई, आफन्तहरु जाडरक्सि, जुवातासमा सुरक्षाकर्मीले पक्रेर बैकुण्ठ सर लौन छुटाईदिनुपर्यो भन्दै गाछु न त म कुनै संघसंस्थामा बैकुण्ठ सरले गर्दा बस्न पाईन भनेर कुण्ठा पालेको छु नत पत्रकार भएको नाताले बैकुण्ठसर नगरप्रमुख भएको नगरपालिकामा विज्ञापन दिनुपर्यो भनेर गईरहेको छु । बस् म एउटा नागरिक भएको नाताले जोसुकै नागरिकको पनि गुण र दोषको आधारमा समर्थन र विरोधमा कलम चलाउछु त्यसैले मलाई बैकुण्ठसर मन नपर्ने कारण नै छैन किनकी मसग कुनै द्धैष नै छैन , मसग कुनै लोभ लालच नै छैन, मसग कुनै कुण्ठा नै छैन न त मसग कुनै गुनासो नै छ । रह्यो कुरा बैकुण्ठको विकल्प बैकुण्ठको म त नेपाली कांग्रेसका कार्यकर्ताको लागि त गोविन्दराज जोशी पछि त बैकुण्ठ सर नै त देख्छु , नेपाली कांग्रेसका कार्यकर्तालाई कहाँ जागिर लगाउनुभएको छैन उहाँले ? आफ्ना कार्यकर्ताको संरक्षण गर्ने, विरोधी पार्टीकालाई तगडा जवाफ दिन सक्ने ल्याकत राख्ने, शिक्षित नेताहरुमध्ये एक बैकुण्ठसरलाई मन नपराउने कुनै कारण नै देख्दिन म त । बैकुण्ठसरले पार्टीैमा गुट हेर्नुभयो, आफ्ना नजिकका मान्छेहरु मात्र च्याप्नुभयो त्यो त मलाई के चासो म त बैकुण्ठसरले बनाएका, च्यापेका मान्छेहरु सबै कांग्रेस देख्छु कसैले बैकुण्ठ सरले गर्दा मैले भाग पाईन, खान पाईन भन्नेसग मलाई के मतलब ? फेरि सर म व्यक्तिको आलोचना हैन प्रवृत्तिको आलोचना गर्न मन पराउछु है” भनेको त मेरो अनपेक्षित उत्तरले उहाँ अवाक् हुनुभयो केहि बेरको सन्नाटापछि ”के भनुँ माधबजी लेख्ने तपाईको हकको कुरा हो ‘‘ भन्दै विदा हुदै जान लाग्दा मैले भने ”त्यतिमात्र होईन सर म पनि रुपरंगमा कालो कालो मान्छे उहाँ पनि उस्तै भएको कारण बैकुण्ठसरको मेरो रंग पनि मिल्छ त्यसैले मलाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेसर औधी मनपर्छ ” भनेको उहाँ मुस्कुराउन पनि नमुस्कुराई आफ्नो बाटो लाग्नुभयोे ।
धेरै दिनपछि सर्वज्योतिमा ब्रम्हदत्त तिमल्सेनासरको अन्र्तवार्ता छोपेपछि परबाट मुस्कुराउदै आउनुभयो र भन्नुभयो ”खोई माधबजीलाई बुझ्नै सकिएन ।’‘ अनि मैले पनि भने ”खोई म पनि बुझ्नै सकिरहेको छैन सर लेख, समाचार लेखेको भरमा ट्याग लगाउने मानिसहरुलाई ? सबैलाई बोल्ने मौका दिईन्छ, सबैको बारेमा लेखिन्छ बैकुण्ठसर मलाई औधी मन पर्छ भन्दा तपाईले अलि चित्त दुखाउनुभयो जस्तो लाग्यो तर सर म अग्लो तपाई होचो भएपनि तपाई पनि मलाई औधी मनपर्छ है ” भनेको बल्ल उहाँ आज मुस्कुराएर विदा हुनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्