व्यास १० शुन्य पोलिथिन वडा घोषणा

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नंं १० लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यानर पढि वडा नं. १० शुन्य पाेिलथिन घोषणा गर्नुभएको हो । उक्त अवसरमा उहाँले यो शून्य पोलिथिन घोषणा कार्यक्रम अन्तिम कार्यक्रम होईन वडा र नगरलाई शुन्य पोलिथिन बनाउने कार्यक्रमको शुरुवात भएको बताउनुभएको थियो साथै उहाँले हामीले पोलिथिनको प्रयोग कम गर्ने र सहि व्यवस्थापन गर्ने संस्कार सिकाएर हाम्रो नगर हामी आफैले बनाउने हो भन्नुभएको थियो । उक्त अवसरमा प्रमुख न्यौपानेले हामीले माटो ,पानी वातावरण जोगाउदै नगरलाई समृद्ध बनाउदै लैजानुपर्ने बताउनुभएको थियो ।
आयोजक सिम नेपालको आयोजनामा भएको कार्यक्रमको सभापतित्व व्यास १० का अध्यक्ष तुलसीराम सापकोटाले गर्नुभएको थियो । उक्त अवसरमा वडावासीको प्रतिनिधित्व गर्दै अध्यक्ष सापकोटालाई सम्मान गरिएको थियो । सम्मान पश्चात सापकोटाले यो सम्मान आफुलाई मात्र नभई सम्पूर्ण वडावासीलाई गरिएकोले हामी सम्पूर्ण वडावासीले शुन्य पोलिथिन जीवन बनाउने पहल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा वडा सदस्यहरु , नेकपा एमाले, नेपाली कांग्रेसका प्रतिनिधि, विभिन्न टोल विकास संस्थाका पदाधिकारी , विद्यालयका प्रधानाध्यापक तथा तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष , महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।
ग्रिन हाउस क्रियशनको व्यवस्थापन र व्यास नगरपालिकाको सहकार्य भएको शून्य पोलिथिन कार्यक्रम व्यास नगरपालिकामा लागु गरिदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?