नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मुन्नी खातुन सर्वसम्मत छनोट

  • ख-
  • ख+

तनहूँ / नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि नेपाल मुस्लिम इत्तेहाद संगठनबाट ५ जना प्रतिनिधि सर्वसम्मत छनोट गरीएको छ । जस अनुसार ३ जना खुल्लामा सफर मियाँ, लालबाबु शेख र शकिल अहमद खाँ र २ जना महिलामा साजिदा खातुन सिद्धिकी र मुन्नी खातुन प्रतिनिधि छनोट हुनुभएको छ । तनहूँ जिल्लाबाट महाधिवेशन प्रतिनिधि १३ जना छनोट भएकोमा नेपाल मुस्लिम इत्तेहाद संगठनले महिला प्रतिनिधिमा तनहूँकी मुन्नी खातुनलाई छनोट गरेसगै १४ जना प्रतिनिधि पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?