जनप्रतिनिधिको काम तलबभत्ता पचाउने विवाद मच्चाउने

  • ख-
  • ख+

(भन्सारमा पनि सेवा केन्द्र राख्ने विवाद आफ्नो लागि मात्र सोच्नेले निकालेको विवाद हो, म नगरप्रमुख हुँ मैले सबैको लागि सोच्नुपर्छः उदयराज गौली , नगरप्रमुख, भानु नगरपालिका, तनहूँ)

प्रश्नः भानु नगरपालिकाको सेवा केन्द्र वडा नं. २ फुस्रेटारबाट वडा नंं १ भन्सारमा पनि राख्ने दुई तिहाईभन्दा बढि जनप्रतिनिधिहरुको निर्णयलाई चुनौती दिदै केहि जनप्रतिनिधिहरु अदालत जानु भएको छ यस्लाई नगरप्रमुखको रुपमा तपाईले कसरी लिनुभएको छ ?

उत्तरः खासमा साथीहरुले नबुझिन अदातल जानु भएको छ किनकी केन्द्र सारेको होईन कि सेवा केन्द्र बिस्तार गरिएकोे हो र हामी दुई तिहाईभन्दा बढि जनप्रतिनिधिहरुले संविधान र कानुनको पालना गरेर उक्त स्थानमा ठाँउ साधुरो भयो , नगरपालिकाका ११ वटा शाखाहरु भएकोले राख्ने ठाँउ भएन भने अर्कोतर्फ सडक बिस्तारसगै नगरपालिका बसेको सार्वजनिक जग्गा पनि झन् घट्यो भनेर गत माघ २३ गते बसेको नगरसभाको दुई तिहाईभन्दा बढि जनप्रतिनिधिहरुको निर्णय गरियो साथै उक्त सभाको निर्णयले वडा नं. १ को शहरी विकास कार्यालयको भवन निकै बलियो र ५ तलासम्म थप्न मिल्ने र उक्त भवन नेपाल सरकार शहरी बिकास मन्त्रालय अन्र्तगत भएको हुनाले नगरपालिकालाई उपलब्ध गराईदिन अनुरोध गरेका छौ साथै प्रदेश सरकारले पनि जग्गा खोज्नको लागि आग्रह गरेको हुनाले विभिन्न स्थानहरुको हेरिरहेका छौ । नगरपालिकाको लागि उर्पयुक्त जग्गा भएपछि मात्र प्रदेश तथा केन्द्रबाट पास हुन्छ । हामीले त भानु नगरपालिकाको समग्र बनोटलाई हेरेर गरेका छौ । भानुका दुर्ईवटा ठुला रुटहरु बाटाहरु छन् एउटा मिर्लुगंकोट, चुदी हुदै आउने भानु मार्ग त्यो भन्सार प्रहरी चौकीमा आईपुग्छ अर्को कुन्छा भन्ज्यागंदेखि वडा नं. १०,११,९,७, ८, ३ नम्बरका मान्छेहरु पनि डुम्रे बेशिशहर राजमार्ग अन्र्तगत भन्सारमै आईपुग्छन् । हामीले दुवैतिरका जनतालाई पायक पर्ने ठाँउमा भएकोले भन्सारमा पनि सेवा केन्द्र राख्ने निर्णय गरेको हो ।

प्रश्नः तपाईको भनाईलाई विश्वास गर्दा दुवैक्षेत्रका जनतालाई पायक पनि पर्ने अनि दुईतिहाईभन्दा बढि जनप्रतिनिधिले पास गर्दा पनि विवाद आउनुको कारण किन त ?
उत्तरः आफ्नो स्थानमा भईरहेको चिज अन्त जान खोज्दा अलिकति नमजा लाग्ने र आफुलाई सजिलो भएपछि अरुलाई गारो परेको चासो नराख्ने र अरुको जेसुकै होस् भन्ने प्रवृत्तिले गर्दा यो समस्या आएको हो साथै २ नम्बर वडा कै साथीहरुले पनि यहि हाम्रो घर नजिकै यहि बसोस् नसरे हुन्थ्यो भन्ने चाहनुभएको होला । पंचायतको पालामा निर्माण भएको त्यो भवन पहिला केहि गाउपालिका हुदा ठिकै भाथ्यो तर पछि बृहत भानु नगरपालिका बनाएर करिब १० बटा गाँउपालिकाहरु जोड्दा त्यो ठाँउ कुनै हिसावले पनि केन्द्र पर्दैन त्यहि भएर पनि यातायात र सबै भेगका मानिसहरुलाई सहज पार्नको लागि भन्सारमा पनि राखिएको हो । अर्को कुरा मेयरले मात्र सारेर मात्र सर्ने होईन दुवैदल नेकपा र नेपाली कांग्रेसका नगर सदस्यहरुको सरसल्लाहबाट सारिएको हो । यस्मा पार्टीको भन्दापनि जनतालाई सहज पार्ने हिसावले निर्णय गरिएको छ । जस्मा अहिले रहनुभएका ६४ जना मध्ये ५२ जनाको सहमतिले वडा नं. १ भन्सारमा पनि सेवा केन्द्र राख्ने निर्णय गरिएको हो । त्यतिबेला १२ जना साथीहरु अनुपस्थित रहनुभयो । विरोध गर्ने साथीहरुले पनि बुझ्नुपर्छ भन्सार पनि वहाँहरुलाई टाढा पर्दैन फुस्रेटारमा सबैकुराको असुविधा रहेको वहाँहरुलाई पनि थाहै छ ।

प्रश्नः सेवा केन्द्र भन्सारमा राख्ने कुराको त धेरै मानिसले बिरोध पनि गरिरहेका छन् नि नियम कानुन अनुसार भएन भनेर के भन्नुहुन्छ यसबारेमा ?
उत्तरः हामी नेपालको नियम कानुन अनुसार नै अगाडि बढेका छौ वडा नंं १० का वडा अध्यक्ष गोविन्द सिलवाल प्रस्तावक वडा नंं. ७ का रामकृष्ण देवकोटा सर्मथक रहेर नगरसभामा भानु नगरपालिकाको सेवा केन्द्र भन्सारमा पनि राखिपाँउ भन्ने बारे नगरसभामा छलफल गरिपाँउ भन्ने प्रस्ताव ७२ घण्टा अगाडि दर्ता भएको हो र म सभाको अध्यक्षको नाताले मैले प्रस्ताव पेश गरेको हुँ मैले चाहेर, कर्मचारीले चाहेर सेवा केन्द्र सार्ने होईन दुईतिहाईभन्दा बढि नगर सदस्यहरुले गरेको निर्णय गरेका छन् । टाढा टाढाका सबै जनतालाई सहज बनाउनको भन्सारमा पनि राखिएको हो फुस्रेटारबाट सारेको होईन , बिरोध गर्ने साथीहरुले बुझ्नुपर्छ जनतालाई सेवा त धेरै ठाँउबाट दिदा राम्रो हुन्छ नि , हाम्रै नगरपालिकाको वडा नं. ५ र १० को त सम्पर्क कार्यालय समेत राखेर तल र माथी दुवैतिरबाट सेवा प्रवाह गरिरहेका छौ । स्थानिय सरकार भनेको जनताको पिरमर्का बुझ्नु पर्ने हुनाले सेवा प्रवाह भन्सारबाट पनि दिन खोजिएकोे हो ।

प्रश्नः भानु नगरपालिकामा तपाईको पार्टीका जनप्रतिनिधिहरु अल्पमतमा रहेको हुनाले पनि तपाईका सबै निर्णयहरु विवादत बनिरहेका छन् नि किन ?
उत्तरः मैले आफुलाई कुनै पार्टीको भन्दा पनि आफुलाई जनप्रतिनिधिको रुपमा लिएको छु । भन्सारमा सेवा केन्द्र राख्ने सवालमा त जनतालाई सुविधाको लागि सबै पार्टीका जनप्रतिनिधिहरु मिल्नुभएको हो, यस्मा पनि सबैले पार्टी हेरेको भए त कहाँ ६४ जनामा ५२ जनाको समर्थन रहन्थ्यो भन्सार पनि सेवा केन्द्र राख्ने सवालमा ? फुस्रेटारमा पर्याप्त जग्गा नभएको कारणले पनि हामीलाई भन्सारमा पनि सेवा केन्द्र राख्न बाध्य बनाएको हो ।

प्रश्नः अधिल्ला बैठकमा फुस्रेटारमा जग्गा खोज्ने क्रममा विवाद भएको कुरा खासमा के हो ?
उत्तरः यहि फुस्रेटारमा जग्गा मिलाउनको लागि सर्वसम्मत भएको निर्णय लेखिसकेपछि वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर खड्का र स्थानिय लक्ष्मण मजकोटी बोर्ड सदस्य लगायतले असहमति गरेर हल्लाखल्ला गरेपछि अन्य निर्णय लेखिसकेको हुनाले पाना च्यात्न नमिल्ने भएर फेरि सबैको सहमतिमा नै यति नम्बरको निर्णयमा राय बाँझिएको हुनाले रद्ध गरिएको छ भनेर सबैको सामु सर्वसम्मत प्रमाणित गरिएको छ ।

प्रश्नः जनप्रतिनिधिहरुले दहे सग पाईला नटेक्दा कर्मचारी तन्त्रले जनप्रतिनिधिहरुलाई रिगाए भन्ने आरोप लगाईरहेका छन् नि कति मानिसले के सेवा केन्द्र भन्सारमा पनि राख्ने सवालमा पनि दुई तिहाइभन्दा बढि जनप्रतिनिधिहरुलाई कर्मचारीहरुले रिगाएका हुन् कि ?
उत्तरः कुरा के हो भने हामी गणतन्त्रसम्म आएका छौ हामी अझै पनि व्यवस्था जति वटा फेरेपनि हाम्रो मानसिकता बदलिएको छैन हामी सबैकुरा आफैले भनेको मान्नुपर्छ भन्छौ । जनप्रतिनिधिहरुले नितिगत निर्णय गर्ने हो र कर्मचारीतन्त्रले कार्यान्वयन गर्ने हो । एउटा कुरा फेरि मेरो के बानी छैन भने कर्मचारीलाई कतिको चेक काट्यौ ? कस्लाई दियौ ? कसरी दियौ ? भनेर अनावश्यक ईन्टे«ष्ट लिने बानी छैन । जनप्रतिनिधि होस् वा कर्मचारी कसैले पनि अवैधानिक काम गर्नु हुदैन , पवित्र काम गर्नुपर्छ । हामी सबैभन्दा अन्दाजको भरमा एय यस्ले खाईसक्यो, लाईसक्यो भनेर अन्दाज गर्ने गरेका छौ । ल ठिक छ खाएको रहेछ भने छानविन गर्ने निकाय प्रशासन छ अख्तियार छ त्यहाँ जाँउ न । म त मान्छेलाई दवाएर राख्नमा होईन आफुले दिएको निर्देशन पालना गर्यो कि गरेन ? कार्यान्वयन गर्यो कि गरेन त्यो हेर्छु त्यसै कराएर मुखको तितो फालेर मात्र हुदैन । कर्मचारी वा कुनै जनप्रतिनिधिमाथि शंका लाग्यो र प्रमाण छ भने सम्बन्धित ठाँउमा जादा हुन्छ, लोकतन्त्र छ भन्दैमा च्याठ्ठिएर आरोप लगाउदै कराएर मात्र हुदैन । मैलै त जनप्रतिनिधि भएपछि सबैको साझा बनेर काम गरेको छु सबैलाई सोचेर काम गरेको छु कुनै टोल, व्यक्ति बिशेष होईन कि जनताको चासो नै मेरो पहिलो प्राथमिकता हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्